
लसुनको औषधिय एवं रोग प्रतिरोधक गुणलाई थाहा पाएर नै हाम्रा पिता पुर्खाहरूले औषधि एवं मसलाको रूपमा युगौ देखि प्रयोग गर्दै आएका हुन् ।
रुघा लाग्दा, चिसोले सताउँदा, पाचन क्षमतामा गडबडी हुदाँ लसूनको प्रयोग गर्ने गरेको पाइन्छ ।
लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एण्टि–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाईन्छन् ।
यी सल्फर कम्पाउण्डहरूले सूक्ष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ तर यी कम्पाउण्डहरू तापको प्रयोगले नष्ट हुनेखालका भएकाले काँचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो ।
यसका अवावा लसूनले उच्चरक्तचाप कमगर्न, कालेस्टेरोल सन्तुलित राख्न एवं परजीवीहरू नष्ट गर्न मद्दत गर्दछ ।
लसुनको फाईदाहरु :-
१. ग्याष्टिक
विहान उठ्ने वित्तिकै नियमित एक केस्रा लसुनलाई मनतातो पानीसँग खाने गर्नले ग्याष्टिकको समस्या कम हुँदै जान्छ।
त्यसैगरी भोग जगाउनुका साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ र लसुन खानाले उच्च रक्तचाप सन्तुलन, लसुनले मानिसको रक्त सञ्चारलाई नियमित राख्नुका साथै यसले हृदयसम्बन्धि समस्याहरुबाट पनि टाढा राख्दछ ।
२. उच्च रक्तचाप
लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न र मुटु सम्बन्धि समस्याबाट जोगाउन सहयोग पुर्याउँछ ।
उच्च रक्तचापका लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ ।
३. कोलेस्टेरोल नियन्त्रण
दैनिक रुपमा लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल १२ प्रतिसत सम्मले कम हुन्छ ।
लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडितहरुका लागि समेत निकै फाइदाजनक छ । लसुनले रगत पातलो बनाउने र रगत प्रबाहलाई समेत सहयोग पुर्याउँछ ।
४. रुघाखोकी
लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डडाउने ।
उक्त तेललाई मन तातो भएपछि रुघा लागेको बच्चाको नाकको प्वाल बाहिर दल्ने, तेल छाती, घाटी, ढाडमा सेकाउँदै मालिस गर्ने ।
निधार र नाक वरिपरि या तेल लगाउने गर्दा स–साना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ । यो प्रयोगले ठुला व्यक्तिलाई पनि फाइदा गर्दछ ।
५. पाचन
लसुनले पाचन प्रक्रियालाई उत्तेजित पार्ने काम गर्छ । जसका कारण भोक बढाउने काम गर्दछ । खानासँगै ३/४ केस्रा लसुन विहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ ।
यसो गर्नाले पाचन प्रक्रिया बलियो हुन्छ र अरुची हट्छ । पेटमा हुने एसिड उत्पादनलाई पनि लसुनले बन्द गरिदिन्छ।
६.जोर्नी दुखाई
एक पाउ लसुन थिचेर एक चौथाई जति तेल र चार चौथाई जति पानी एउटै भाडोमा राखेर घोल्ने, त्यस घोललाई मन्द आगोमा पकाउने, पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भएपछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३/४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने र मालिस गर्ने गर्दा आराम हुने गर्दछ ।
७.दाँत दुखाईमा कमी
लसुनले दाँत दुखाईमा पनि राहत दिलाउने काम गर्दछ । लसुनलाई ल्वाङ्गसँग पिसेर दाँत दुखेको ठाउँमा लगाउँदा पीडाबाट तुरुन्त राहत प्रदान गर्छ ।