थप २२६ जनामा कोरोना पुष्टि

|

काठमाडौं / अहिलेसम्मकै एकैदिन धेरै जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाभित्र सोमबार २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार मात्रै २२६ जनामा संक्रमण भाइरस देखिएको बताउनुभयो ।प्रवक्ता डा. देवकोटाका अनुसार संक्रमित मध्ये २ सय १३ पुरुष छन् भने १३ जना महिला रहेका छन् । नेपालमा अब कोभिड– १९ संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । मन्त्रालयले सोमबार गरेको गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४१ जना, कपिलवस्तुका ४० जना, सर्लाहीका ३८ जना र जुम्लामा पनि १९ जनामा कोरोना भाइरस देखिएको छ ।

यस्तैगरी रौटहतका १८ जना, कैलालीका १४ जना, सल्यानका १० जना, दाङका ९ जना र बाँकेका ७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यस्तै धनुषाका ७ जना, सुर्खेतका ५ जना, सिरहाका ५ जनामा पनि कोरोना संक्रमण भेटिएको हो । यस्तै नवलपरासी पूर्वका ३ जना, झापाका २ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, उदयपुरका १ जना, अछामका १ जना, बैतडीका १ जना, डोटीका १ र कञ्चनपुरका १ जनामा पनि कोरोना भाइरस पुष्टि भएको छ ।

संक्रमितहरु अधिकांश क्वारेन्टाइनमा रहनु भएको पनि डा. देवकोटाले जानकारी दिनु भयो । यसरी अब नेपालका ७७ मध्ये ६९ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित बढेसँगै कोरोना संक्रमणलाई पराजित गरी घर फर्कनेको संख्या पनि बढ्दै गएको छ । हालसम्म कोरोना भाइरसको उपचारबाट विजयप्राप्त गरी २२१ जना घर फर्किसक्नु भएको छ ।

२०७७ जेष्ठ १९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।