
बाँके / जमुनाहा नाका हुँदै भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगन्जबाट सल्यान तर्फ गैरहेको फोर्स गाडी बाँकेको अगैयामा रोकिराखेको ट्रकमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने अन्य २१ घाईतेहरुको भेरी अस्पतालमा उपचार हुँदै छ ।
आइतबार मध्यरातमा ना ५ ख ५९९५ नम्बरको फोर्स बाँकेको राप्ती सोनारी गाउँपालिका २ स्थित ठुरिया जंगलमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । एकजनाको उपचारको क्रममा सोमबार बिहान ज्यान गएको हो ।