अमेरिकाको राष्ट्रपतिको चुनाबका लागि हार्दिक आह्वान

|

 

सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनि हरुमा हार्दिक नमस्कार !

आगामी नोभेम्बर ३ मा सम्पन्न हुन गईरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचन अब मात्र दुई हप्ता बाँकी छ यो ५९ औं पटकको निर्वाचनमा झण्डै चारलाखको हाराहारीमा अमेरिका आईपुगेका नेपालीहरूमा पनि उत्सुकता जाग्नु स्वाभाविक हो ।

हाम्रो सन्ततिहरुको उज्ज्वल भविष्यत् लागि  हामीले सहि समयमा सहि नेतृत्वलाई छनौट गर्न सक्नुपर्ने हुन्छ ।

यस पटक नेपाली समुदायको भारी समर्थन बाइडेन र ह्यारिसलाई रहेको कुरा  सबैलाई  सर्वविदित नै छ। 

अधिकांश नेपालीहरु नव आप्रवासी भएको र वर्तमान राष्ट्रपतिको अत्यन्त अनुदार र क्रुर आप्रवासन नितिले गर्दा नेपाली समाज मात्र होइन अमेरिकाका अधिकांश जनता रुष्ट छन् ,अर्को तिर जिध्दी र जिरहा स्वभावका राष्ट्रपति ट्रम्प “मैले चाईना भाईरसलाई जितेर आएँ” तपाईहरु जस्ता बयस्क र तन्नेरीहरु यो भाईरसबाट पूर्णरुपले ईम्युन हुनुहुन्छ भनेर बिज्ञान बिरोधि गलत सुचना र तथ्य सम्प्रेषण गरिरहेको सबैलाई अवगत नै छ ।

गरीव राष्ट्रहरुलाई पाइखाना भनेर अपमान गर्ने ट्रम्पले विश्वमा अमेरिकालाई घृणाको पात्र  बनाएका छन् ।

 आज संसारमा सबै भन्दा धेरै दुई लाख भन्दा बढीले ज्यान गुमाएको कटु सत्य हाम्रो अगाडि छर्लङ्ग छ। 

एउटा समाजसेवी राजनीतिज्ञमा हुनेपर्ने जस्तो बोली व्यवहार र शालिनता उनमा छैन । 

कोरोना भाईरसले आक्रान्त यो देशलाई स्टिमुलस् रकमको निकासा गर्न सफल भएर नेपालीहरुले राहत पाएका छन्।

अझ पनि सो रकम कांग्रेसले पास गरे पनि रिपब्लिकनको बहुमत भएको सिनेटमा अड्की रहेको छ। 

विश्वकै शक्तिशाली देश अमेरिकाको राजनीतिमा देश विदेशका सबैले पत्याउन सक्ने भरोसायोग्य व्यक्ति पुग्नुपर्छ भन्ने पक्षमा हामी छौँ । 

यी मुद्दा डेमोक्र्याटिक पार्टीले उठाउँदै आएको छ, बिभिन्न माध्यमबाट सम्भावित मतदातालाई सोध्दा उनिहरुले डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो वाइडेन र कमला ह्यारिसलाई हामी समर्थन गर्छौं भोट हालिरहेका छन्।

डेमोक्र्याटिक पार्टिका राष्ट्रपतीका  उम्मेदवार जो वाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले अमेरिकी जनताको इमान्दारपुर्वक सेवा गरेको प्रसस्त प्रमाणहरु छन् ।

वाइदेन ह्यारिसले जित्नुमा र ट्रम्प्ले जित्नुमा अमेरिकाको भविष्य निर्धारण हुने देखिन्छ, यही कारण अहिले हाम्रो समुदायका लागि ट्रम्पको भन्दा वाइडेनको जीत नै महत्त्वपूर्ण छ ।

यसै सन्दर्भमा नेपाली मुलका प्रथम हाउस डेलिगेट ह्यारी भण्डारीको सकृयतामा नेप्ललिज अमेरिकन फर बाईडेन भन्ने समूह बनाई ब्यापक प्रचार प्रसार गरीरहेको छन् ।

नेपालीहरु समावेशी लोकतन्त्रको पक्षमा हुनुपर्छ भन्दै धमाधम भोट गर्दैछन्  यसै सन्दर्भमा २०७७ सालको विजयादशमी, दिपावली साथै छट पर्वको शुभ अवसरमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दिर्घायुको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै हामी हाम्रो समुदायलाई यो सन् २०२० को निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारलाई भोट हाल्न अनुरोध गर्दछौँ ।

धन्यबाद !

उत्तम कार्की

संयोजक

क्यालिफोर्निया राज्य उत्तर क्षेत्र प्रचार प्रचार समिति

Chair (Northern California)

२०७७ कार्तिक ३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।