नेपालगन्ज / बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दो छ । शनिबार राति पाँच मिनेटको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० ट्राफिक चोकका ८४ वर्षिया पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छा निवासी ७१ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
योसगैं बाँकेमा कोरोना संक्रमित २६ जनाको मृत्यु भएको छ । भने बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचारका क्रममा १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको कोभिड–१९ फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१०, ट्राफिक चोकका ८४ वर्षिय पुरुषको शनिबार राती मृत्यु ९ः ५५ बजे र कोहलपुर नगरपालिका वडा नम्बर–८ गोल्छा निवासी ७१ वर्षिया महिलाको शनिबार राती १० बजे मृत्यु भएको भेरी अस्पतालले जानकारी दियको छ ।
नेपालगन्जका ८४ वर्षिय पुरुषको स्वास्थ्यमा समस्या आएपछि गत असोज ६ गते बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीमा कोरोना पोजेटिभ पाइएको थियो । कोरोना पोजेटिभ पाइएपछि उनलाई भेरी अस्पतालको आइसोलेसन वार्डमा राखी रोगको प्रकृति अनुसार गरिनुपर्ने सम्पूर्ण उपचार पद्धती अपनाउँदा समेत स्वास्थ्यमा सुधार नभएपछि शनिबार राती ९ः ५५ बजे मृत्यु भएको केन्द्रले जनाएकोछ ।
उपचारका क्रममा उनको स्वास्थ्य झन् जटिल बन्दा भेन्टिलेटरमा राखी उपचार गर्दा स्वास्थ्य अवस्था विग्रदैं गएको थियो । मृतक ती पुरुषमा श्वास प्रश्वास समस्यासंगै दुवै तर्फको फोक्सोको निमोनिया भएर मृत्यु भएको अस्पतालले जनाएकोछ ।
यस्तै भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका वडा नम्बर–८ गोल्छा निवासी ७१ वर्षीया महिलाको शनिबार राती १० बजे मृत्यु भएको हो । ती महिलालाई स्वास्थ्य समस्या आएपछि गत असोज १४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो ।
कोरोना पोजेटिभ पाइएकी ती महिलाको स्वास्थ्य अवस्था विग्रदैं गएपछि सोही दिन भेरी अस्पताल नेपालगन्जमा राखेर थप उपचार गरिएको थियो । मृतक महिलालाई गर्नुपर्ने सम्पूर्ण उपचार गर्दासम्म पनि स्वास्थ्यमा सुधार नभएपछि शनिबार राती १० बजे मृत्यु भएको केन्द्रले जनाएको छ । श्वासप्रश्वासमा समस्याबाट ग्रसित ती महिलाको दुवैतिरको फोक्सोमा निमोनिया भएर मृत्यु भएको हो ।