नेपालगन्ज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा आयोजित ‘दोश्रो बाँके युथ कन्क्लेभ)’ मा सहयात्री नेपालका निवर्तमान अध्यक्ष ऋतिक शाही ‘बास/ब्राइटल्याण्ड युवा पुरस्कार–२०२६’ बाट सम्मानित हुनुभएको छ । शाहीलाई पुरस्कारस्वरूप नगद १५ हजार रुपैयाँ प्रदान गरिएको हो ।
बालबालिकाको उद्धार, युवा नेतृत्व, सामाजिक क्षेत्रमा निरन्तर सक्रियता तथा समुदायमा पु¥याएको योगदानको कदरस्वरूप शाहीलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजक बास नेपालले जनाएको छ । युवा पुस्तालाई सामाजिक रूपान्तरण, नेतृत्व विकास तथा सकारात्मक अभियानमा सक्रिय बनाउन योगदान पु¥याउँदै आउनुभएका शाहीको सम्मानले सहयात्री नेपाल परिवारमा खुसी र गर्वको वातावरण सिर्जना भएको छ ।
सहयात्री नेपालले शाहीलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा उहाँको सामाजिक तथा युवा नेतृत्वको यात्रा अझ सफल, प्रभावकारी र प्रेरणादायी बन्ने विश्वास व्यक्त गरेको छ । नेपाल युनाइट्स परिवारले युवा नेतृत्व, निरन्तरको मेहनत र सामाजिक योगदानको कदरस्वरूप प्राप्त यो सम्मान सम्पूर्ण संस्थाका लागि गौरवको विषय भएको जनाएको छ ।






