तमु ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद् बाँकेको ८औँ जिल्ला अधिवेशन सम्पन्न

|

नेपालगञ्ज । तमु ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद् बाँके जिल्ला कार्य समितिको ८औँ जिल्ला अधिवेशन आज नेपालगञ्जमा सम्पन्न भएको छ। अधिवेशनले शेरबहादुर गुरुङको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

अधिवेशनका प्रमुख अतिथि तमु ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद् लुम्बिनी प्रदेशका सहसचिव प्रेमबहादुर गुरुङ रहनुभएको थियो। उहाँले गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान तथा सामाजिक एकताका विषयमा बोल्नु हुँदै गुरुङ भाषाको संरक्षण र उत्थानका लागि थप प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष शेरबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष हरिता गुरुङ, उपाध्यक्ष पदमबहादुर गुरुङ, सचिव सोम गुरुङ, संगठन सचिव सुदन गुरुङ र कोषाध्यक्ष थामबहादुर गुरुङ चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा पुष्पराज गुरुङ, दिनेश गुरुङ, प्रितम गुरुङ र नरबहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनु भएको छ।

नवनिर्वाचित अध्यक्ष शेरबहादुर गुरुङले गुरुङ समुदायको आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै समुदायका सामाजिक तथा आर्थिक मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशनले बाँकेमा रहेका गुरुङ समुदायबीच आपसी एकता, सहकार्य र सद्भावलाई थप मजबुत बनाउँदै समुदायको समग्र विकासका लागि सक्रिय रूपमा काम गर्ने निष्कर्ष निकालेको छ। निर्बतमान अध्यक्ष भीम गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यसैगरी विशिष्ट अतिथिहरू सल्लाहकारहरू चेतबहादुर गुरुङ, सुन्दर गुरुङ, मनबहादुर गुरुङ, कुमार गुरुङ, गनबहादुर गुरुङ र युग बहादुर गुरुङलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

२०८३ भाद्र ६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।