नेपालगन्ज । नेपाल दशनामी समाज बाँके र दैलेखी समाज बाँकेको संयुक्त आयोजनामा नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा ६ जना महिला र ३१ जना पुरुष गरी ३७ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल दशनामी समाज बाँके तथा दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरी, दैलेखी समाज बाँकेका सचिव गणेशबहादुर खड्का, नेपाल रेडक्रस सोसाइटीका पूर्व महामन्त्री मीनबहादुर मल्ल र नेपाल दशनामी समाजका प्रदेश सचिव होमनाथ गिरीले संयुक्त रूपमा रक्त संकलनका लागि प्रयोग हुने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी र महेश दहितलाई हस्तान्तरण गर्दै गरेका थिए।
रक्तदान गर्नेहरूमा दीपक थापा, हिरामणि दाहाल, पुष्कर सिजापति, सुदिक्षा बुढा, मीना थापा, देवबहादुर खड्का, बलबहादुर मगर, गणेशबहादुर खड्का, गरिबे चमार, कमलबहादुर गिरी, विकास चौधरी, हमजीत थापा मगर, रेखा जोशी, सञ्जना बडुवाल गिरी, अनिल हरिजन, विशाल रैदास, राजेश कोरी, मनोजकुमार रिजाल, सौगात चौधरी, करण थारू, दिनेशकुमार चौधरी, उषा थारू, ममता बराइली, प्रेमप्रकाश बिसी, शंकर गौतम, लक्ष्मण सञ्जयाल, हितेश चन्द, दिपेन्द्रराज गिरी, राशित गिरी, लक्की सुनार, दुर्गा गिरी, साँवली प्रसाद कोरी, राजू हलवाई, टेकप्रसाद शर्मा, तिलोचन बस्याल, गंगाराम खत्री र विजय थारू रहेका छन्।

कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी, महेश दहित, लोकश थारू र ओमप्रकाश गोडियाले प्राविधिक सहयोग गरेका थिए।

त्यस्तै, नेपाल दशनामी समाज बाँकेका सचिव रुकिमणा भारती, दैलेखी समाज बाँकेका सचिव गणेशबहादुर खड्का, दिलबहादुर थापा, पुष्कर सिजापति, पूर्णिमा कुमारी थापा, हिरामणि दाहाल तथा शतक रक्तदाता पवन जायसवाललगायतले कार्यक्रम व्यवस्थापनमा सहयोग गरेका थिए।
रक्तदान गर्ने रक्तदाताहरूलाई प्रोत्साहनस्वरूप नेपाल दशनामी समाज बाँके तथा दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरीले कदरपत्र प्रदान गरेका थिए। नेपाल दशनामी समाज नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष तथा जिल्ला सदस्य होमराज गिरीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेकाअध्यक्ष तथा नेपाल दशनामी समाज बाँकेका सल्लाहकार नवीन गिरी, नेपाल दशनामी समाज बाँकेका निवर्तमान अध्यक्ष गोपालप्रसाद गिरी, नेपाल दशनामी समाजका प्रदेश सचिव होमनाथ गिरी, दैलेखी समाज बाँकेका वरिष्ठ उपाध्यक्ष सुरेश थापा, उपाध्यक्ष पूर्णकुमारी थापालगायत दुवै समाजका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
आयोजकहरूले नियमित रक्तदानले रगतको अभावमा उपचार गराइरहेका बिरामीलाई सहयोग पुग्ने भएकाले सामाजिक सेवाका रूपमा रक्तदानलाई निरन्तरता दिने बताएका छन्।






