यतिबेला विश्व नै मानसिक तनाव तथा मानसिक समस्याहरु बाट गुज्रिरहेको छ, यो एक जटिल समस्या हो र COVID-१९ महामारीको परिणामस्वरूप हाम्रो दैनिक जीवनमा ठूलो परिवर्तन ल्याएको छ र मानसिक स्वास्थ्य समस्याको भने अन्य सामाजिक, आर्थिक एंव नैतिक जस्तै थुप्रै कारणहरु हुन सक्दछन् ।
सबै मानिसमा त्रास बढ्दो छ,विभिन्न अनुसन्धान प्रतिवेदनहरुबाट पनि अहिलेको परिस्थितिमा डरको तह अझै बढेको पुष्टी हुन्छ । कोरोनाभाइरस महामारीका समयमा एङ्जाइटी अर्थात् एकप्रकारको तनाव संसारभरका मानिसहरूले महसुस गरिरहेका छन् ।
एङ्जाइटी भनेको तनावग्रस्त हुनु वा चिन्तित हुनुभन्दा फरक हो, साधारण अवस्थामा हामीलाई कहिलेकहीँ यी सबै हुने गर्छ र त्यस्तो कहिलेकहीँ हुनु स्वभाविक हुन सक्छ।तर निरन्तरको एङ्जाइटी त्रासको रूपमा बस्छ र मनबाट त्यस्तो भाव लामो समय गएन र झन् गाढा भयो भने त्यसले तपाईँको जीवनलाई असर पार्न थाल्छ।
कहिलेकाही भावनामा उतारचढाब र मन खिन्नता वा भारि भएमा, आफुलाई जुन कुराले सताइरहेको छ त्यसलाई तत्काल समाधान गर्न आफ्नो नजिकको साथीभाई तथा परिवारलाई मनको कुरा शेयर गर्नु उत्तम हुनेछ ।
नेपालको परिबेशलाई हेर्ने हो भने पनि अहिले आत्महत्या नेपाली युवा युवतीहरुको मृत्युको प्रमुख कारणमध्ये पर्दछ। सबैजनाले पछिल्ला महिनाहरूमा धेरै चुनौतिहरू खेपिरहेका छन्, एङ्जाइटी धेरैलाई हुने गर्छ।तपाईँको जीवनमा भएका ठूला परिवर्तनहरू, दु:खदायी घटनाहरूले तपाईँलाई एङ्जाइटीतर्फ धकेल्न सक्छ।
विशेष गरि प्रबासमा परिवारको अनुपस्थितिमा बस्नुपर्दा अर्थात आफ्नो आमाबुबा परिवारबाट टाढा रहदा धेरै यस्ता समस्या बढिरहेको पाईन्छ । त्यस्तो अवस्थामा आत्मबल र सकारात्मक सोचको खाँचो छ जसले मानिसक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउदछ,सकारात्मक सोचले मानिसलाई उज्यालो बाटोतर्फ लैजान्छ।
अन्त्यमा सकारात्मक सोच राखौ, मानसिक स्वस्थ्य रहौ र सचेत रहौ साथै विश्व मानसिक स्वास्थ्य दिवसको हार्दिक शुभकामना..!!