रुपन्देही । लुम्बिनी प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसीलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री केसीलाई सामान्य रुघाखोकी लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
भाइरस सङ्क्रमण पुष्टि भएसँगै उहाँ होम आइसोलेशनमा बस्नुभएको जनाइएको छ । उहाँको स्वास्थ्यावस्था अहिले सामान्य रहेको छ । केसीलाई कोरोना पुष्टि भएसँगै उहाँको सम्पर्कमा रहेकाहरुको पनि आजै स्वाब संकलन गरिएको छ ।