कांग्रेस नेता कुर्मीले गरे गौघाटमा सहयोग

|

नेपालगन्ज / पुर्व सभासद एवम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बादसाह कुर्मीले योगीनी उच्च मावि गौघाटको क्वारेनटाइनमा रहेका युवालाई सहयोग गरेका छन । भारतबाट आएका ५६ जना स्थानीय योगिनी माविको क्वारेनटाइनमा बसिरहेका छन । उनीहरुका लागि घरबाटै खानाको व्यवस्था गरिएको छ । आफुहरुलाई खजुरा गाउँपालिकाले उचित व्यवस्थापन नगरेको भन्दै क्वारेनटाइनमा बसेका युवाहरुले असन्तुष्टी जनाइरहेका बेला पुर्व सभासद कुर्मी गौघाट पुगेका हुन । क्वारेनटाइनमा भएका जनतालाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यले गौघाट पुगेको कुर्मीले बताए । उनले भने, ‘यो संकटको बेला सबैले हातेमालो गरेर काम गर्नु पर्छ । स्थानीय निकायले अझ जिम्मेवारी ढंगले काम गर्नु पर्छ । अप्ठयारोमा परेकालाई सबैले आफनो तर्फबाट सक्दो सहयोग गर्न सबैलाई अपिल गर्छु ।’
शनिबार कुर्मीले क्वारेटाइन व्यवस्थापनका स्थानीय प्रतिनिधि कर्ण बहादुर बुढा, राजकिशोर महतारा, नेपाली कांग्रेस सीतापुर कमिटी अध्यक्ष राम बहादुर महताराको उपस्थितीमा सहयोग सामाग्री हस्तान्त्रण गरेका थिए । पुर्व सभासद कुर्मीले क्वारेनटाइनमा बसेकालाई सेनिटाइजर, मास्क, बिस्कुट सहयोग गरेको नेपाली कांग्रेसका स्थानीय नेता कोमल सिंहले बताए । क्वारेटाइनमा बसेका एक युवाले आएको १० दिन बित्दा समेत परिक्षण नभएको गुनासो ब्यक्त गरे । उनले भने, ‘क्वारेनटाइनमा हुनु पर्ने सुविधा छैन । एउटै शौचालयमा ५० जना भन्दा बढि जानु पर्ने बाध्यता छ । पानी पिउनका लागि जगको समेत सुविधा छैन । स्थानीय नेतालाई भन्दा गाउँपालिकाले ५० हजार मात्र बजेट दिएको छ भन्छन ।’ नेपाली कांग्रेसका स्थानीय नेता राजकिशोर महताराले क्वारेनटाइनमा बसेकालाई घरबाट खाना लिएर आउदा झन जोखिम बढेको बताए । उनले भने, ‘गाउँपालिकाले क्वारेनटाइनमा बसेकाहरुलाई आ आफनो घरबाट खानाको व्यवस्था गर्न भनेको छ । यहाँ बच्चा, दिर्ग रोगी, बुढापाखाले दैनिक खाना लिएर आउँछन । यसले समुदायमा झन संक्रमण फैलने खतरा छ । क्वारेनटाइनमा बसेकाहरुले पनि यसले गाउँ सुरक्षित नभएको बताएका छन । तर यसमा गाउँपालिकाले ध्यान दिएको छैन ।’

२०७७ जेष्ठ १७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।