दैलेखमा क्वारेन्टिनमा बस्दै आएका एक व्यक्तिको मृत्यु

|

काठमाण्डौं /कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । मृत्यु हुनेमा दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष रहेका छन् ।उनको शनिबार बिहान दुल्लुस्थित विद्युत अफिसमा निर्माण गरिएको क्वारेन्टिनमा मृत्यु भएको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीका अनुसार उनको स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । शनिबार साँँझसम्म उनको रिपोर्ट आउने डा। तिवारीले जानकारी दिए ।नगरप्रमुख भण्डारीका अनुसार शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको हो । ‘चिया खाइसकेपछि हिँडिरहेका बेला एक्कासी ढल्नुभएछ, त्यसको १० मिनेटमै मृत्यु भएको हो,’ उनले भने ।नगरप्रमुख भण्डारीका अनुसार दश दिन अगाडि भारतबाट फर्किएक उनी क्वारेन्टिनमा बस्दै आएका थिए ।

२०७७ जेष्ठ १७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।