काठमाडौं / नेपालमा शनिबार १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित अब नेपालमा कोरोना संक्रमितको संख्या १४ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ । प्रदेश ५ को कपिलवस्तु कोरोना संक्रमणको हिसावले नेपाल कै सबैभनदा धेरै संक्रमित हुने जिल्लामा परेको छ । आज ७७ जना नयाँ संक्रमित थपिएसंगै कपिलवस्तुमा २६५ संक्रमित पुगेका हुन् । यतिमात्र होइन क्वारेण्टाइन रहेका ७४५३ जना मध्ये पिसिआरका लागि स्वाव संकलन हुन वाकी ५००० वढी रहेका छन् । यस हिसावले नेपालमै सबै भन्दा बढी कोरोना जोखिमको जिल्ला पनि कपिलवस्तु नै बन्ने निश्चित जस्तै देखिएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलन अन्तर्गत शनिबारको कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको र कोरोनालाई पराजित गर्दै २ सय १९ जना घर फर्किएको समेत जानकारी दिनु भयो ।