
अमेरिका, श्रीपशुपतिनाथ फ़ाउन्डेशन कोभिड-१९ राहात समितिले मे ३० शनिवारका दिन आर्टेसिया शहरमा निःशुल्क पीपीई वितरण गर्ने भएको छ। कोरोना भाइरस (COVID-१९ ) बाट पिडितहरुको राहत कार्यमा जुटेको संस्थाले भोलि आर्टेसियाको लाइब्रेरी पार्कमा बिहान १० बजे देखि दिउसो १२ बजे सम्म ड्राइभ थ्रु पीपीई वितरण गर्ने योजना बनाएको सचिव बिमल श्रेष्ठले बताए। कार्यक्रमलाई प्रभावकारी बनाउन ५६२-३४५-५०५० को हटलाइन नम्बर समेत संचालन गरिरहेको छ। साउदर्न क्यालिफोर्नियामा रहेका नेपाली लगायत अमेरिकाको अन्य भागमा समेत सहयोग गरिरहेको संस्थाले भोलि शनिवार निशुल्क पीपीई वितरण गर्दै छ।