काठमाडौं / राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षका रुपमा माधव ढुंगेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । परिषद्को कार्यालयल सानो ठिमी भक्तपुर पुगेर एक विशेष समारोहबीच उनले पदभार ग्रहण समेत गरेका छन् ।
२०७७ जेठ १६ गते शुक्रबार राष्ट्रिय युवा परिषद्का नवनियुक्त कार्यकारी उपाध्यक्ष माधबप्रसाद ढुङ्गेलको सपथग्रहण तथा पदबहाली भएको हो । नेपाल सरकारले यहि २०७७ जेठ १२ गते ढुङ्गेललाई चार वर्षका लागि कार्यकारी उपाध्यक्ष पदमा पुन: नियुक्त गरेको थियो । उपाध्यक्षलाई युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रिय युवा परिषदका अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री माननीय जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रचलित कानुन बमोजिम पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । कार्यकारी उपाध्यक्षज्युले परिषदमा पद बहाली गर्नुभएको छ । नवनियुक्त उपाध्यक्षको कुशल नेतृत्वमा आगामी कार्यकालमा समस्त नेपाली युवाको नेतृत्वदायी एवं अभिभावकीय सरकारी केन्द्रीय निकायले युवा विकास, परिचालन र राष्ट्रको समृद्धिको क्षेत्रमा उल्लेखनीय र अनुकरणीय काम गर्न सकोस्, भनि हार्दिक शुभकामना राष्ट्रिय युवा परिषदका अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री माननीय जगतबहादुर सुनार (विश्वकर्मा) ले दिनु भएको थियो ।