सदस्य–सचिव सिलवालद्वारा ललितको स्वास्थ्य अवस्था बारे जानकारी

|
काठमाडौं / राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
ललित उपचाररत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पाताल पुगी सदस्य–सचिव सिलवालले ललितको अवस्था बारे जानकारी लिएका हुन् । सदस्य–सचिव सिलवालले ललितको उपचारमा संलग्न चिकित्सकसंग भेट गरी ललितको स्वास्थ्य अवस्था बारे पनि जानकारी लिएका थिए । परिवारसंग पनि भेट गरी शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । साथै उनले ललितका परिवारसंग उपचारका सम्बन्धमा चिन्ता नगर्न बताउदै उपचारमा परिषद्ले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
भेटका अवसरमा नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्का पनि उपस्थित थिए

२०७७ भाद्र ३१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।