कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु भएको पुष्टि

|

काठमाण्डौं / देशभर आज थप १ सय ७० जना संक्रमण थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा डुडुवा गाउँपालिकाका १७ देखि ४१ वर्षका १० जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै बाँकेमा हालसम्म संक्रमितको संख्या १ सय ८१ पुगेको छ । यी मध्ये २७ जना निको भएर घर फर्केका छन् । एक जनाको भने मृत्यु भइसकेको छ ।

देशभर आज थप १ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै देशभर कुल संक्रमित १ हजार २ सय १२ पुगेका छन् । नयाँ संक्रमितमा झापाका २८, सप्तरीका ४, बाराका ४ जना, पर्सामा ५ जना, सर्लाही घरभइ ललितपुरमा रहेकी १ महिला, म्याग्दीमा १ जना, बाँकेमा १० जना, कपिलबस्तुमा ५१ जना, नवलपरासीमा २, रौतहटमा ५६ जना, सर्लाहीमा ४ जना, रुपन्देहीमा १ र दाङमा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।२ सय ६ जना निको भएर घर फर्कंदा ६ जनाको मृत्युु भइसकेको छ ।

२०७७ जेष्ठ १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।