म आवाज हुँ

|
हामी अमेरिका क्यालिफोर्नियाबासी युवाहरुको समुहले घरेलु हिंसा विरुध्द जनचेतना फैलाउने छोटो चलचित्र “राईजप” ८८४८ पिक्चर्स को आधिकारिक यूट्यूब च्यानल बाट सार्वजनिक गरिसकिएको छ। यस चलचित्रमा मैले प्रमुख कलाकारको रुपमा अभिनय गर्ने अवसर पाएकी हुँ । सर्बप्रथम ८८४८ पिक्चर्स प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
हामी नेपाली आप्रवासीहरुमा घटेका बिभिन्न घटनाहरु मध्ये घरेलु हिंसा पनि एक प्रमुख घटना हो र राईज अप एउटा प्रतिनिधि घटनामा आधारित छोटो चलचित्र हो । अन्तराष्ट्रीय डायस्पोरामा घटिरहेको बास्तविक घटनाक्रम तथा विभिन्न हिसां, हत्या र सामाजिक विकृतिसंग जोडिएका विषयहरुलाई उजागर गर्नु हाम्रो पनि ज़िम्मेवारी हो ।
मैले यस चलचित्रमा अभिनय गरिरहँदा साच्चिकै पिडाबोध पनि भयों साथै केहि घटनाहरु मेरो बास्तविक जिवनसंग पनि मेल खान पुग्यो । त्यस्ता थुप्रै आप्रवासीहरु हुनुहुन्छ जो घरेलु हिंसाबाट पिडित हुनुहुन्छ, कतिपयले यस्ता घटनाहरुलाई आफु भित्रै दबाउन खोज्दा अप्रिय घटनाहरु पनि हुन पुगेको छ ।
यदि तपाईहरु मध्ये कसैको जिवनमा यस्ता घटना घटेका छन् भने समयमै त्यसको बिरुध्दमा आवाज उठाउनुहोस् ताकि भविष्यमा कुनै अप्रिय घटनाहरु नघटोस् त्यसैले यस जनचेतनामुलक भिडियोलाई एकपटक सबैले हेर्नुहोस् र आफ्नो साथी सर्कलमा पनि शेयर गर्न हुन पनि अनुरोध गर्दछु।
अन्त्यमा यस चलचित्रका निर्देशक शंकर राज वाग्ले (एस.राज) ,कथाकार संचारकर्मी डोल्मा लामा ,छायाकार शंकर राज वाग्ले/सन्जय कार्की लगायत मेरा सम्पूर्ण टिमभित्र रहेका मित्रहरुलाई फेरि एक पटक धन्यवाद दिन चाहन्छु ।
– दिब्ना थापा

२०७७ भाद्र २१, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।