नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा स्थगित

|

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ मध्यतिर गर्ने भनिएको क्यान साधारण सभा कोभिड १९ को बढ्दो संक्रमणका कारण स्थगित भएको क्यानले जनाएको छ ।

क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणले गर्दा देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारण सभा हुन नसक्ने भन्दै अर्को सूचना नबएसम्मको लागि स्थगित भएको जानकारी दिएको छ । यसअघि साउन ४ गतेको क्यानको कार्यसम्पादन समितिले भदौ १५ गतेभित्रमा साधारण सभा गर्ने निर्णय गरेको थियो ।

यसअघि नै अखिल नेपाल फुटबल संघले पनि भदौमै गर्ने भनेको साभारण सभा स्थगित गरेको थियो । कोभिड १९ को महामारी र संक्रमितको संख्या बढ्दो अवस्थामा रहेकोले अहिले नेपाली खेलकुद गतविधि सबै स्थगित अवस्थामा छ ।- Onlinekhabar

२०७७ भाद्र ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।