वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन

|

 

काठमाण्डौं / वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन भएको छ । ढाडको नसासम्बन्धी समस्याबाट पीडित उहाँको आज मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ ‘यसपालि त मनै फाट्यो, केले सिउने…, ‘ठट्टैमा यो बैश जान लाग्यो…, घुम्तीमा नआउ है…,  ‘एक मुठी चामल पाऊँ न हजुर, हाँस्छौँ गाउँछौं ,वसन्त ल्याउँछौ प्रेमको अनुरोधमा, ‘सल्किन्छ यो नगरमा ठट्टैमा जिन्दगानी’, ‘बिहानीका तारा हामी सर्वहारा, ‘त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ.., आदि सयौँ लोकप्रिय गीतका रचनाकार हुनुहुन्थ्यो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले गीतकार थापाको निधनले गीत–सङ्गीतका क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो । उहाँका श्रीमती र दुई छोरा छन् । नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव श्याम तकोटले थापा पाँच दशकदेखि निरन्तर लेखिरहने गीतमै समर्पित र स्वाभिमानी स्रष्टा भएको बताउँदै उहाँप्रति श्रञ्द्धाजलि व्यक्त गर्नुभयो ।

२०७७ जेष्ठ १५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।