आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ

|
हरितालिका तिज एउटा संस्कार मात्र नभई सभ्यता हो, परम्परा र पहिचानका साथै आम नेपाली महिला दिदि बहिनीहरुको लागि महान पर्व पनि हो ।
तिजलाई बिभिन्न धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु-स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिनको रुपमा मानिन्छ ।
यस वर्ष विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण मनाउन नसकिने यो विषम परिस्थितीमा हामि दिदिबिहीनीको संयमता, साथ र सहयोग एकदमै जरुरी छ । यो वर्ष आफ्नो घर परिवारको बिचमा रहि भौतिक दुरी, अनिवार्य मास्कको प्रयोग गर्दै सुरक्षित बसौ भनि अनुरोध पनि गर्न चाहन्छु ।
तथापि सवै पक्षले यस महान पर्वलाई सभ्य र अझ बढी सामाजिक बनाउँदै सँस्कृती जोगाइराख्न जरुरी छ । अहिलेको विषम परिस्थितिमा सबैजना आफू जहाँ छौ त्यही सतर्क र सुरक्षित रहनु उचित उपाय हो र यस्तो समयमा आफन्त भेटघाट, रमाइलो भन्दा पनि महामारीवाट सुरक्षित रहनु महत्वपूर्ण हुन्छ ।
पति पत्नि, आफन्त एंव सम्पूर्ण परिवारबिचको माया सद्भाव बढाउन तथा समानता,सामाजिक न्याय को निम्ति यो तीज सफल होस् ।नेपाली महिलाहरूले आफ्नो नेतृत्व विकास तथा विभिन्न चुनौती हरुलाई चिरेर अघि बढाउन सकियोस् । हरेक गैर आवासीय नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको हजारौं जोर सपनाका थानहरु पुरा हुन् । आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ,महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ ।
अन्त्यमा हरितालिका तिजको पावन अवसरमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गरौ र स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आदरणीय आमा,दाजुभाई तथा दिदिबहिनीहरुमा मंगलमय हार्दिक शुभकामना !
उमा कार्की थापा
क्षेत्रीय महिला संयोजक (अमेरिकाज )
गैरआवासीय नेपाली संघ

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।