महामन्त्री अर्यालको समाज सेवा र रेडक्रस यात्रा

|

        राजन भण्डारी

पातलो शरिरलाई फाटेका लुगाहरुले ढाकेर विपन्न र अविकसित जनताका निम्ति कुर्कुच्चाको छाला च्यातेर पच्चिस रुपैयाका तने चप्पल लगाएर छल्दि खोलाका बगरै बगर हिड्दै, अगलुट्ठको घनघोर जंगलमा पानीका मुहानहरु खोज्दै हिड्ने ऋषिमुनिहरुको अवतार जस्तो लाग्ने आदरणीय स्वर्गीय बुबा चन्द्रकान्त अर्याल साच्चै नै गुल्मेली जनताका धन्वन्तरि ऋषि हुनुहुन्थ्यो । प्रकृति माताले दिएका हजारौ उपहारहरुलाई आपनो पोल्टामा बटुलेर मानव जातिलाई बाड्ने ति महापुरुष स्वर्गवाट यस धर्तिमा अरुकै निम्ति केहि गर्न जन्मिएका हुन् भन्ने आभास मिल्दछ । गुल्मेली जनताहरुसँग विना भेदभाव जीवन विताउने सरल, स्वच्छ र कर्मशिल व्यक्तित्वको नाम हो चन्द्रकान्त अर्याल यी अनुच्छेदहरु चन्द्रकान्त अर्यालको स्मृतिग्रन्थ महान आत्मालाई दुइ शब्द शिर्षकमा साविकका इस्मा रजस्थल—४ का माधव प्रसादको लेखवाट उद्दरण गरिएको हो ।

पिताम्बर अर्याल, गुल्मी जिल्लाका तत्काल चर्चित समाजसेवीका रुपमा परिचित चन्द्रकान्त अर्यालका कान्छा छोरा हुन । चन्द्रकान्त कुनै पाटिको कार्यकर्ता भएपनि, राजनीति भन्दा बढी रेडक्रसको जिल्ला सभापति हुँदा उनले गरेका मानवीय सेवाका कार्यले उनलाई विकासपे््रमीको रुपमा नेपाल भरी नै परिचित बनाएको थियो । सानै देखि बुवाको सामाजिक सेवाको बाटोलाई अबलोकन गरिरहे पिताम्बर । बुबाको सामाजिक कार्यलाई सधै गौरवले पर्फुल्लीत भई अघि बढिरहे र आफु स्वयम पनि जोखिममा रहेका समुदायका लागी कुनै न कुनै माध्ययमले बिपतको बेला सघाउने, सामाजिक अभियन्ता बन्ने सपना बुनेका थिए ।

नि.मा.वि. तह सम्मको अध्ययन उनले गाउँकै अर्जै नि.मा.वि. बाट पुरा गरी हिमालय मा.वि. धुर्कोट बस्तु बाट माध्यमिक तह पुरा गरे । जिल्ला सदरमुकाम तम्घासबाट एस.एल.सी. परिक्षामा राम्रो अंक ल्याएर उर्तिण गरेपछि डाक्टर बन्ने बिचार गरे, लामो समय सम्म प्रयास गर्दा गर्दै पनि छात्रबृत्तिमा नाम निकालन असफल भए । डाक्टर बनेर समाज सेवा गर्ने पिताम्बरको सपना बादलमा हराएको चरी झैँ भयो । समाज सेवाको कार्यमा बुवा बाट प्रेरित पिताम्बर, स्वास्थ्य क्षेत्रबाटै अगाडि बढ्ने निणर्य गरे र जनस्वास्थ्य विषय लिएर आफ्नो औपचारीक शिक्षालाई निरन्तरता दिदै त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकत्तोर गरे । अध्ययनकै सिलसिलामा उनी थाईल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, जर्मनी, लण्डन र अमेरिका समेत पुगे ।

समाज सेवा र रेडक्रस यात्रा

स्नातक तहको पढाई काठमाडौबाट पूरा गरेपछि खुला प्रतियोगीताबाट विकास अधिकृतकको पदमा सिन्धुली जिल्ला रेडक्रसमा पदस्थापना भए, उक्त पदवाट काम शुरु गरेका अर्याल भन्छन् ‘त्यो नै कोशेढुंगा सावित भयो, जसले अहिलेको वर्तमान क्षेत्रमा पु¥यायो । सेवा प्रवेशको रुपमा सिन्धुली जिल्लामा सामुदायिक विकास परियोजनामा ३ वर्ष विकास अधिकृतको रुपमा काम गरेपछि उनी ने.रे.सो. केन्द्रिय कार्यालय काठमाण्डौंमा आए । केन्द्रिय कार्यालयमा आईसकेपछी यूवा विभागमा प्रजनन स्वास्थ्य कार्यक्रम व्यवस्थापकको रुपमा काम गरे । संस्थाले लिने लिखित परीक्षामा प्रथम स्थानमा उर्तिण भई निर्देशकको रुपमा छनौट भए । त्यसपछि प्रजनन स्वास्थ्य तथा एच.आई.भि.एड्सको कार्यक्रम सञ्चालन गर्दै गर्दा रेडक्रसको अन्तराष्ट्रिय महासंघले दिल्लीमा बसेर क्षेत्रीय प्रमुखको रुपमा काम गर्नको लागि छनौट गरियो । क्षेत्रीय प्रमुखको रुपमा सार्क क्षेत्र अन्तर्गत श्रीलंका, बंगलादेश, भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल र माल्दिभ्सका राष्ट्रिय रेडक्रस र रेडक्रिसेण्ट सोसाईटीहरुको क्षमता अभिबृद्धि गर्ने अवसर पाएका उनी अध्ययनका लागि यूरोप गए । जनस्वास्थ्य विषयमा स्नातकत्तोर अध्ययन गरी आईसकेपछी उनलाई नेपाल रेडक्रसले स्वास्थ्य सेवा विभागको निर्देशकको रुपमा छनौट गरे । त्यसपछि रेडक्रसको अन्तराष्ट्रिय महासंघले अफगानिस्तानमा स्वास्थ्य कार्यक्रमको प्रमुखको रुपमा काम गर्नका लागि खटाइयो । नेपाल बाहिरको कार्यकाल सकिएपछि पुनः नेपाल रेडक्रस सोसाईटिको विपद् व्यवस्थापन विभागमा निर्देशकको रुपमा काम गरे । राष्ट्रिय अन्तराष्ट्रिय स्तरको कामहरुमा पोक्त उनी अहिलेसम्म करीव ६० देशमा भम्रण गरेका छन् । यसरी बुवा बाट पे्ररीत भएका पिताम्बर, समाज सेवामा काम गर्दै जाँदा आफुलाई सन्तोष मिलेको बताउँछन्, निस्वार्थ र वफादार भएर काम गर्दै जाँदा अवसरहरु आफै पाईने गरेको बताउँछन् ।

अर्यालको अवसर र चुनौती

समुदाय देखि केन्द्रसम्म फैलिएकोसंस्थामा रहेर मानबिय सेवा कर्मको सारथि बनेका अर्याललाई सबैको साथ रहेको देखिन्छ । परिवर्तनको आसा राखेका रेडक्रसमा निस्वार्थ भावना राख्ने पदाधिकारी, सदस्य रेड्क्रसको चिन्हमात्र लगाएर अहोरात्र खटिदा गर्व गर्ने स्वयम् सेवकलाई , नयाँ कामको शुरुवात नयाँ मानसिकता र विचारबाट गर्नु पर्छ भन्ने भावना लिएका अर्याल बिधमान परिस्थितिमा वर्तमान अवस्थामा नेपाल रेडक्रसलाई कसरी संस्थागत निकास दिन सकिन्छ भन्ने सोचमा छन्, उनी । युरोपका शासक र जनताको सम्वन्ध लाई उच्च शिक्षा हासिल गर्ने बेलामा नजिकैबाट नियालेका अर्यालले संस्थाका पदाधिकारी, कर्मचारी र संस्थाको लागि निस्वार्थ खटीने स्वयसेवक परिचालन गरि नयाँ नेतृत्व दिनु निकै चुनौतिपुर्ण भएको देखिन्छ । तथापी उहाँले बोकेका प्रतिवद्धता र निस्वार्थ सेवामा प्रवेश गर्नाले उहाँमा संस्थालाई नयाँ उचाई दिने तिव्र ईच्छा भएको प्रष्ट हुन्छ , जस्कालागी हामी आम नागरीक, सर्वसाधारण, समाज सेवी, रेडक्रस स्वंयमसेवक लगायत सबैले आफ्नो आफ्ना् ठाँउ, क्षेत्रबाट सहयोग गर्नु पर्ने देखिन्छ ।

नेपालको ७७ जिल्लामा एक लाख पचास हजार भन्दा बढि स्वयमसेवकहरु परिचालन गर्न सक्ने संस्थाको महामन्त्री जस्तो गरिमामय पदमा छनोट हुनुभएको पिताम्बर अर्याल लाई नेपाल रेडक्रस सोसाइटीको छविलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा थप पहिचानमुखि बनाउनका लागी प्रशस्तै संम्भावनाहरु देखिन्छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा काम गरि सकेका अर्याललाई नेपाल सरकार तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका साझेदार निकायहरु संग समन्वय र सहकार्य गर्न थप सहयोग पुग्ने देखिन्छ । रेडक्रसमा विगत केहि समय देखि देखिएको सक्रमणकालिन अवस्थाको अन्त्य गर्नका संस्थामा सुशासन, पारदर्शिता र जवाफदेहिताको कायम गर्नुका साथै आकस्मिक सेवाहरु जस्तै रक्तसंचार सेवा, एम्बुलेन्स संञ्चालनका लागि नेपाल सरकारवाट प्रत्यक्ष आर्थिक सहयोग नभएको अवस्थामा सेवाहरुलाई थप प्रभावकारी रुपमा संञ्चालनका लागी चुनौतिपुर्ण देखिन्छ ।

विगतमा नेपाल रेडक्रस सोसाइटीमा विपद व्यवस्थापन विभागको निर्देशकको रुपमा कार्यरत रहदाँ नेपाल सरकार सगँको प्रभावकारी समन्वयमा सोसाइटीको संस्थागत विकासमा उनले गरेको काम भावि पुस्ताका लागी अनुकरणीय र संस्थाको इतिहासमा अतुलनिय योगदानको रुपमा रहने उनीसँगै काम गरेका कर्मचारीहरु बताउछन् ।

अन्तराष्ट्रिय स्तरको पहिचान बनाई सकेका हाल नेपाल स्थित क्यानेडियन रेडक्रसकोे प्रमुखको रुपमा आकर्षक सेवा सुविधालाई समेत त्याग गरेर धैर्यताका साथ निस्वार्थ भाव र कडा परिश्रमले जनमानसमा देखिएको रेडक्रस प्रतिको नैरस्यता र कालो दागलाई सफा गर्न र उज्यालो बनाउनको लागी नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्न सफलता मिलोस्, दक्षिण एसियामा सवल र सफल राष्ट्रिय सोसाइटीको पहिचान कायम रहोस् र मानबिय सेवामा निस्वार्थ भाव देखियोस् भन्दै व्यक्तिगत तर्फबाट सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
जय रेडक्रस !!!

लेखक नेपाल रेडक्रस सोसाइटी, युवा रेडक्रस सर्कल त्रि चन्द्रका पुर्व अध्यक्ष एवम् काठमाडौँ जिल्ला शाखाका पुर्व जुनियर÷युवा कार्यसमिति सदस्य हुन् ।

२०७७ श्रावण २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।