अख्तियारका ३३ जनालाई कोरोना संक्रमण देखिएपछि सिल

|

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३३ जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको छ । अख्तियारका ३२ सुरक्षाकर्मी र एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै अख्तियार सिल गरिएको हो । आइतबार १८२ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण देखिएपछि अख्तियारमा सिल गरिएको हो ।

अख्तियार कार्यालय सिल गरिएपछि अत्यावश्यक कामबाहेक अन्य कर्मचारी, प्रमुख आयुक्त, आयुक्तहरु पनि कार्यालय गएका छैनन् । यसअघि अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ । नागरिकखबरबाट

२०७७ श्रावण २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।