मेरिल्याण्डको डमासकसमा एक मानिसको गोली हानी हत्या

|
मेरिल्याण्डको डमासकसमा एक मानिसको गोली हानी हत्या गरिएको छ । हत्यामा आबध्द संदिग्धलाई हिरासतमा लिइएको प्रहरीले जनाएका छन् । मंगलबारका दिन उक्त संदिग्धलाई गाडीमा पछ्याउदै र पछि कुदेर उनलाई सिल्भर स्प्रिन्ग्सको एक उद्यानमा समातिएको हो ।
हाल सम्म उक्त संदिग्ध व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन ।उक्त समयमा स्काईट्रयाकले आकाशबाट हेर्दा दर्जनौ प्रहरीहरु गुड होप छेउको मनोरंजन केन्द्र तथा गुड होप पार्कमा तैनाथ भएको दृश्य देखाएको छ । गोलीबारी ९१०० स्थित ग्यु सडकमा भएको थियो भने संदिग्ध भागेर १४७०० भवनसमूहको गुड होप सडकमा पुगेका थिए ।
श्रोत : एबिसी ७ न्युज,
तस्बिर : स्काईट्रयाक

२०७७ श्रावण ७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।