भारतमा कपाल मुण्डन गरिएको भिडियोमा देखिएका व्यक्ति नेपाली नभएको पुष्टि

|

काठमाडौं । भारतको बनारसमा विश्व हिन्दु सेनाले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नारा लगाउन लगाउदै एक व्यात्तिको कपाल मुण्डन गरेको भिडियो एकाएक सामाजिक सन्जालमा भाईरल भयो । ती व्याक्ति नेपाली भएको भनेर सामाजीक सन्जालमा प्रचार भयो तर केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलेको छ । बाराणसी प्रहरीका अनुसार उनी भारतीय नागरिक नै हुन् र पैसा लिएर अभिनय गरेका थिए ।

अयोध्याबारे प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा हालेको थियो । केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दाबादको नारा लगाउन समेत लगाइएको थियो ।

उक्त भिडियो सामाजीक सन्जालमा भाइरल हुनुका साथै चौतर्फि बिरोध सुरु भएपछि भिडियो फुटेजकै आधारमा प्रहरीले ६ जना मानिसलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो । नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गनुभएके थियो । त्यसक्रममा मुख्यमन्त्री योगीले पनि घटनामा संलग्नलाई सख्त कारवाही गर्ने बताउनुभएको थियो ।

त्यसलगत्तै भारतीय प्रहरीले पिडित भनिएका व्याक्तिको खोजी तिब्र पार्यो । सोहि क्रममा शनिबार बाराणसी प्रहरीले उनलाई भेटाएको छ । र, पीडित भनिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको बताएको छ । घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिसकेको भन्दै उसले भनेको छ, ‘भिडियोमा देखाइएको व्यक्ति भारतीय नागरिक हुन् । उनको जन्म बाराणसीमा भएको थियो र परिवारका सदस्य सरकारी सेवामा छन् ।’ उनले भिडियो बनाए पावत उनले पैसा लिएको प्रहरीले बताएको छ ।

२०७७ श्रावण ४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।