कोभिड विरुद्धको जनचेतनामूलक सन्देश फैलाउदै बाँकेका साईकलयात्रीहरु

|

नेपालगन्ज / कोभिड विरुद्धको जनचेतनामूलक सन्देश फैलाउदै नेपालगन्जका साईकलयात्री एक विहानै बाँके जिल्लाको विभिन्न रुटमा निस्किएका छन् । नेपालगन्जमा कोरा च्यालेन्जको विभिन्न सचेतनामुलक ब्यानर टाँसेर आअफानो रुटमा साइकल चलाईरहेका छन् ।

नेपालगन्ज साइक्लिङ्ग क्लबले जनाए अनुसार यो पटकको कोरामा आफुले आफैंलाई च्यालेन्ज गर्दै साईकल जतिसक्दो कुँदाउने र आफ्नो मन परेको रुटमा कुद्ने योजना अघि सारेको थिए । नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष गगन थापाले बढिमा १० जनाको समूहमा हुने नेपालगन्ज कोरा च्यालेन्जमा विभिन्न १० देखि १२ वटा समूह बन्ने अनुमान गरिएको बताए ।


सहभागी अभियन्ताहरुले कोभिड बिरुद्धको सचेतनामूलक स–साना ब्यानर साईकलमा लगाएका थिए ।  कोरामा बाँकेका मानवअधिकारकर्मी, पत्रकार, समाजसेवी, डाक्टर, ब्यापारी, राजनितिज्ञ, युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

२०७७ श्रावण ३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।