पठाओका सह–संस्थापक फहिम सलेहको अमेरिकामा हत्या

|
एजेन्सी । राइड सेयरिङ’ कम्पनी पठाओका सह–संस्थापक फहिम सलेहको अमेरिकामा हत्या भएको छ। न्युयोर्कस्थित एक अपार्टमेन्टमा उनको शरीर टुक्रा–टुक्रा पारी छरिएको अवस्थामा फेला परेको हो।
बंगलादेशी आप्रवासी सलेहको कम्पनी गोकाडाले उनको मृत्युको पुष्टि गरेको छ। सोमबार उनी मास्क लगाएका एक व्यक्तिसँग आफ्नो अपार्टमेन्टमा प्रवेश गरेको सीसीटीभी फुटेज प्राप्त भएको न्युयोर्क प्रहरीले जनाएको छ।
उनको शरीरका टुक्रा रहेको स्थाननजिकै विद्युतीय इलेक्ट्रिकस (काट्ने मेसिन) समेत फेला परेको छ। उनको सोमबार नै हत्या भएको हुनसक्ने अनुमान गरिएको छ।
सलेहले स्थापना गरेका राइडिङ सेयर कम्पनी पठाओ बंगलादेश र नेपाललगायत देशमा निकै प्रख्यात छ। उनले सन् २०१५ मा यो कम्पनी खोलका थिए।

२०७७ श्रावण ३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।