सन्धिखर्क / सन्धिखर्क नगरपालिका १ पाणिनी चाेक निवासि कवि कमल पाेख्रेल ” प्रेमी “द्वारा लिखित कविता संग्रह जागिरे जिन्दगी एक कार्यक्रम विच सन्धिखर्कमा बिमाेचन गरिएको छ । लुम्बिनी बाङ्गमय प्रतिष्ठान अर्घाखाँचीकाे आयाेजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समन्वय समिति प्रमुख पिताम्वर शर्मा ले पुस्तककाे बिमाेचन गर्नु भएकाे छ ।बिमाेचन मन्तब्य राख्दै उहाँले साहित्य समाजकाे दर्पण भएकाे बताउँदै पुस्तक प्रकाशनले अर्घाखाँचीकाे साहित्य क्षेत्रमा उचाई थपेकाे बताउनु भयाे ।
प्रतिष्ठानका उपाध्यक्ष लिलामणि ढुङ्गानाकाे अध्यक्षता काेषाध्यक्ष मन्जु घिमिरेकाे स्वागतमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बि. क. किशाेरले भाषा, कला , साहित्यकाे विकास बिना समाज विकास सम्भव नहुने बताउँदै नगरपालिकाकाे त्रफ बाट यस क्षेत्रकाे सम्बृधी काे लागि हरपल सहयाेग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयाे। प्रतिष्ठानका सचिव जे .वि . दर्लामीले सन्चालन गर्नु भएको कार्यक्रममा पुस्तककाे परिचर्चा साहित्यकार जगन्नाथ भुसाल र बिष्णु बस्यालले गर्नु भएको थियाे ।कार्यक्रम मा विभिन्न साहित्यिक श्रस्टाहरूले श्रृजना समेत वाचन गर्नु भएको थियाे ।
लुम्बिनि बाङ्गमय प्रतिष्ठानका बरिस्ठ सदस्य समेत रहनु भएका कवि पाेख्रेल साहित्यिक क्षेत्रमा जाँगरिलाे ब्यक्तित्व हुनुहुन्छ । उहाँ जीवन यात्रामा लामाे समय ३५ वर्ष राष्ट्रसेवक कर्मचारीकाे भूमिका पूरा गरि हाल निबृत हुनुभएकाे छ । आफना धेरै श्रृजनाहरू द्वन्दकालमा जिल्ला विकास समितिमा रहेकाे बेला नष्ट भएर प्रकाशन गर्न नसकिएकाे उहाँ बताउनु हुन्छ । उहाँकाे याे कविता प्रकाशन ले अर्घाखाँची काे साहित्य ईतिहाँसमा नाैलाे आयाम थपिएको साहित्यकार तथा बुद्धिजीवीहरू बताउँछन् ।
२०७७ श्रावण २, शुक्रबार प्रकाशित