अमेरिकाको टेक्सस राज्यमा नेपाली युवा मृत अवस्थामा फेला

|
टेक्ससको राजधानी अस्टिन र टेम्पल सहरको बिचमा पर्ने केलेंनमा बस्दैआएका एक जना नेपाली युवा बस्दै आएको घरको ग्यारेजमा मृत अवस्थामा फेला परेका छन् । साथीहरुसंग वस्दै आएका पारस खड्का मंगलवार सांझ मृत अवस्थामा फेला परेका हुन्।
साथिहरुले सोधखोज गर्दा खड्का घाटीमा तारको पासो बेरिएको अवस्थामा भेटिएका थिए । उनले आत्महत्या गरेको आशंका गरिएको छ । के कारणले खड्काले आत्महत्या गरे यो खुलेको छैन । नेपालवाट करिव ५ बर्ष अघि खड्का डिभी परेर अमेरिका आएका थिए । उनीसगै वस्ने प्राय सवै काममा फर्किए पनि उनी केही दिन देखि काममा समेत गएका थिएनन् । कोभिड १९ संक्रमण महामारी फैलिएपछि उनले काम गर्न छाडेका थिए । त्यसवेला कयौं अन्य नेपालीले पनि कामगर्न गएका थिएनन ।
नेपालमा रुकुम घर भएका अन्दाजी २६ बर्षका खड्का जनसम्पर्क समिति अमेरिकाका स्थानिय संयोजक पनि थिए । सगैं वस्ने साथिहरुले खड्कालाई घरभित्र नदेखेपछि खोज्न थालेका थिए । साथिहरुले नै खोज्ने क्रममा पासो लगाएको अवस्थामा ग्यारेजमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । सगैं वस्ने साथिहरु काममा गएको वेला उनले तारको पासो लगाएर आत्महत्या गरेको आशंका गरिएको छ ।

२०७७ श्रावण १, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।