ब्राजिलमा चार अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना

|

काठमाडौं / विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चारजना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि संक्रमित भएका छन् ।संक्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिएपनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखिएको छ ।

ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी संक्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । ‘उनीहरुको फेरि परीक्षण गरिनेछ’–वक्तव्यमा उल्लेख छ ।

ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ‘ए’ लिग सुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिकाभन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसिप सुरु गर्ने तयारी गरिएको हो ।

२०७७ असार २८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।