ओलीको मात्र होईन सिस्टमकै बिकल्प खोजौं !

|

बहुमतको शक्तिशालि सरकारले अहिले सम्म गरेका कामहरू हेर्दा,कोभिड १९ हुंदै सलह किरा सम्म आईपुग्दा सरकार पूर्णरूपमा असफल भएको छ ! मानबिय जीवनसंग जोडिएका बिषयहरू कोरोना महामारीमा माक्स देखि स्वास्थ्य सामाग्री खरिदसम्म ,बिदेशबाट अलपत्र परेका नेपालीहरू फर्काउॅंदा देखि क्वारेन्टिनमा राख्दा सम्म सरकारका मन्त्रीहरू लगायत बिचौलियाहरूले अरबौं रूपैया खाएका छन् ! कुनै संवेदनशीलता छैन,सबैतिर भ्रष्टहरू छन्,जतिसक्यो सय पचास देखि अरबौं खरबौं लुटिरहेका छन् ! राज्यका महत्वपूर्ण अंगहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् त्यसैले यो सरकार निकम्मा भएको छ ! ओलीले निम्न मध्ये एक बिकल्प रोजुन् !
१)भ्रष्ट र असक्षम मन्त्रीहरूलाई तत्काल बर्खास्त गरि असल नियत भएका सक्षमहरू मध्येबाट मन्त्रीपरिषद् पुनर्गठन गर्ने !
२)प्रधानमन्त्रीपदबाट राजीनामा दिने !
३)अन्तिम तर उत्तम बिकल्प :-
प्रचण्डले ३२ वर्ष पार्टिको नेतृत्व गर्नु भो २ पटक प्रधानमन्त्री हुनु भो,माधब नेपालले १६ वर्ष पार्टिको नेतृत्व गर्नु भो प्रधानमन्त्री हुनु भएकै हो,झलनाथ खनालले १३ वर्ष पार्टि नेतृत्व गर्नु भो प्रधानमन्त्री हुनु भएकै हो,शेर बहादुर देउवाले कांग्रेसको नेतृत्व गरिरहनुभएको छ ४ पटक प्रधानमन्त्री हुनुभएकै हो ,स्वयं ओली कै पनि यो दोस्रो प्रधानमन्त्रीत्व हो !बिभिन्न पार्टिका धेरै प्रधानमन्त्री र सयौं मन्त्री/संसदहरू जनताले हेरि,भोगी सकेकै हो ! सबैको कार्यशैलि,आचरण,योग्यता,क्षमता सबैजनतालाई कार्यकर्ताहरूलाई थाहै छ ,त्यसैले यो सिस्टम नै असफल भयो ! जो गएपनि भ्रष्टै हुने फेल नै हुने जनता झुक्याई नै मात्र रहने ! भाषणले मात्रै मुलुक कसरी बन्छ??त्यसैले हाम्रा नेताहरूमा मात्र होईन यो सिस्टममै समस्या छ !भ्रष्टाचार र फोहोरी खेलहरू धेरै भए अव के.पी.ओलीको मात्र होईन यो सिस्टमको बिकल्प खोजौं ??
बिकल्प के ??
संबिधान संसोधन गरि वर्तमान संसद भंग गरौं,गैरदलिय व्यक्तित्वको नेतृत्वमा नागरिक सरकार गठन गरौं र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र संसद को निर्वाचन गरौं !शक्तिशालि आयोग बनाई असल र ईमान्दार व्यक्तिहरूलाई नियुक्ति गरौं २००७ साल यताका सबै नेता /कर्मचारी र नव धनाड्यहरूको संम्पति छानबिन गरी जफत गरौं,राष्ट्रियकरण गरौं !यसो हुॅंदा खर्चिलो निर्वाचन प्रणालीले भित्राएको बिकृति,कार्यकर्तामुखि प्रवृत्ति र भ्रष्टाचार न्यूनिकरण हुनुका साथै अंकगणितिय फोहोरी राजनितिको पनि अन्य हुन्छ ! यत्ति गर्ने ॲाट के.पी.ओलीले गरून् ईतिहासमा ओली अमर हुनेछन् । अन्त्यमा लिपुलेक,लिम्पियाधुरा र कालापानी सहितको नेपालको नक्सा जारी गर्ने साहस गरेकोमा ओलीप्रति मेरो उच्च सम्मान छ !

२०७७ असार २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।