नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा

|

नेपालगन्ज । नरैनापुर गाउँपालिका बाँकेले आर्थिक बर्ष २०८२/८३ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
नरैनापुर गाउँपालिकाका बाँकेका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा भएको समिक्षा कार्यक्रममा पालिका स्थित बिषयगत शाखा प्रमुख र ६ वटै वडाका वडा सचिबहरुले बार्षिक प्रगति प्रस्तुतीकरण गरेका थिए ।

गाउँपालिका उपाध्यक्ष जयन्ति देबि श्रीवास्तब, प्रमुख प्रशासकिय अधिकृत नवराज वली र वडा अध्यक्षहरुको उपस्थितीमा भएको बार्षिक समिक्षामा सबै बिषयगत शाखाहरुले बार्षिक रुपमा गरेको प्रगति, उपलब्धी, सिकाई र चुनौतीका बिषयमा प्रस्तुतीकरण गरेको नरैनपुर गाउँपालिका रोजगार शाखा प्रमुख मकबुल अहमद मुकेरीले बताए ।

बार्षिक समिक्षा कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत नवराज वलीले सबै शाखा प्रमुख र वडा सचिबहरुलाई प्रगति प्रस्तुतीकरण गरेकोमा धन्यबाद ज्ञापन गरे । उनले परिमाण आउने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन गरेका छन् । प्रस्तुतीकरण पश्चात सहभागिहरुका बिचमा पृष्ठपोषण, छलफल र सुझाव संकलन गरिएको थियो ।

नरैनापुर गाउँपालिका रोजगार शाखा प्रमुख मकबुल अहमद मुकेरीले सञ्चालन गरेको समिक्षा कार्यक्रममा स्वागत मन्तब्य गाउँपालिकाका सूचना अधिकारी लक्ष्मी कान्त मिश्राले गरेका थिए । कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, वडा सचिब गरी ४५ बढीको सहभागिता रहेको थियो । बार्षिक समिक्षा कार्यक्रमको समापन गाउँपालिका उपाध्यक्ष जयन्ति देबि श्रीवास्तबले गरेका थिए ।

२०८३ असार ३२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।