काठमाडौं / चलचित्र पत्रकार संघको दशौं महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत तथा निर्विरोध रूपमा चयन गरिएको छ।
नव-निर्वाचित कार्यसमितिको अध्यक्षमा समिर बलामी चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य (निर्विरोध), तथा उपाध्यक्ष (महिला) मा दिपज्योती थापा निर्वाचित हुनुभएको छ।
महासचिवमा गोपीकृष्ण चापागाईं, सचिवमा मदन रिजाल, र सचिव (समावेशी) मा महम्मद जलिम (निर्विरोध) चयन भएका छन्। कोषाध्यक्षमा मनिष अञ्जान तथा सह-कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरूमा सुशील नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) तथा चन्द्र बहादुर परियार निर्विरोध रूपमा चयन भएका छन्।
नव-निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ। संघको नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको विकास, सुदृढीकरण र पेशागत हकहितका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।






