नेपालगन्ज महोत्सवमा आज गायीका एलिना चौहान आउँदै

|

नेपालगन्ज । नेपालगन्जमा जारी आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा आज चर्चित गायीका एलिना चौहानको प्रस्तुती रहने छ । पछिल्लो समय गायीका एलिना चौहानको धोकेबाज हौ तिमी धोके बाज हौ तिमी बोलको गितले तहल्का मच्चाएको छ । यस्तै गायीका चौहान कै अर्को हिट गित कट्टा सट्टा हान्दिन्छु, विष पिउन मन लाग्छ किन घुटुघुटु, रुवाउनेहरु हजार भए, ए जिन्दगी कस्तो जिन्दगी बोलको गितले हलचल नै मच्चाएको छ । गायीका चोहान कैं तिमी संग नजर जुझाई, भाग्यमा खोट छ लगायत ठुप्रै गित हिट भएका छन् । नेपालगन्ज महोत्सवमा आज गायीका एलिना चोहानसंगै गायक सन्दिप सेन्चुरी, डान्सर धर्ति विष्ट मगर, लभ्ली विष्ट मगर, यमुना भण्डारी लगायतको बेजोड प्रस्तुती रहने छ ।

महोत्सवमा दैनिक लोकदोहरी तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने गरेको छ । पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती हरेक दिन रहने गरेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा १७ गते लोकप्रिय गायक तथा मोडल दुर्गेश थापाको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

२०८२ माघ १६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।