शुक्रबार हुने उद्घाटन खेलमा वडा नम्बर १ ‘ए’ र वडा नम्बर ५ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा बढैयाताल गाउँपालिकाका सबै वडाहरूको सहभागिता रहेको छ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्र तथा द्वितीय हुने टोलीलाई नगद १५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
सबै खेलहरू वीरभद्र माध्यमिक विद्यालयको खेल प्राङ्गणमा तोकिएको मिति अनुसार सञ्चालन हुनेछन्। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको क्लबका अध्यक्ष विकल सिंहले जानकारी दिनुभयो।

खेल प्रतियोगितालाई सफल बनाउन बढैयाताल गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले समन्वय तथा सहकार्य गरेको छ। साथै, प्रतियोगितालाई भव्य र सभ्य बनाउन देश तथा विदेशमा रहेका खेलप्रेमीहरूको समेत सहयोग रहेको आयोजक टिमले जनाएको छ।
प्रतियोगिताका खेलहरू आयोजक क्लबको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जानकारी पनि आयोजकले दिएको छ।






