राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

|

पोखरा । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा थेबे दोस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन् ।

पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । थेबे १८८ मतले विजयी बनेका हुन् ।

२०८२ जेष्ठ १४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।