नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अध्यक्षमा पुन:सुरज भण्डारी निर्वाचित

|

अमेरिका।नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा पुनः सुरज भण्डारी निर्वाचित भएका छन् । 

अमेरिकाको लास भेगसमा आइतबार सम्पन्न संघको नवौँ महाधिवेशनबाट भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

अध्यक्ष भण्डारी नेतृत्वको समितिको उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा इश्वरी न्यौपाने,  सचिवमा शंकरबहादुर थापा,  कोषाध्यक्षमा झरणा अधिकारी निर्वाचित भएको

 

त्यस्तै सदस्यहरुमा क्रमशः  राजकुमार तामाङ (गोले),  डा. डोल्मा लामा,  यसोदा तिमल्सिना, जानु पंगेनी,  दिपेन्द्र खड्का डिल्लीबहादुर राउत रहेका छन  त्यसैगरी क्षेत्रीय संयोजकहरुमा सृजना काफ्ले (डिसी मेट्रो),  शान्तिराज राई उत्तर पुर्व),   दिपकदाहाल (पश्चिम) ओम अचार्य (मध्य) चयन गरेका छन् ।

विशेषतः क्यालिफोर्निया र लस भेगस क्षेत्रका अग्रज तथा सक्रिय सामुदायिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेजाको संस्थापक गिरिश पोख्रेलको संयोजकमा मोहनसिं लामा, गोपाल गडर्तौला तारा रावल निर्वाचन समितिमा रहेको थियो ।

 

अन्त्यमा, यो अधिवेशन पत्रकारिताको व्यावसायिकता, उत्तरदायित्व र प्रविधिसँगको सहकार्यमा नयाँ बाटो खोल्ने एक सफल, सशक्त र ऐतिहासिक अवसर बनोस् भन्ने शुभेच्छा द -वल्ड नेपाल न्युज व्यक्त गर्दछ ।

 

२०८२ बैशाख २९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।