नेपाल पुलिसलाई हराउँदै एपीएफले चुम्यो उपाधि

|

नेपालगन्ज । नेपालगन्जमा जारी लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको आजको फाइनल खेलमा विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ च्याम्पियन बनेको छ ।

इन्जुरी समयमा गीता रानाको हेड गोल नै खेलमा निर्णायक बन्यो ।
आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् ।

एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयाे । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले त्यसअघि महिला लिगको उपाधि उचालेको थियो ।

२०८२ बैशाख १२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।