एपिएफ विजयी , अब फाइनलमा पुलिससँग भिडन्त हुने

|

नेपालगन्ज । नेपालगन्जमा जारी लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको आजको खेलमा रौटहट जिल्ला फुटबल संघविरुद्ध ३-० को सहज जित निकाल्दै विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

एपिएफलाई जिताउन अनिता केसी , सविता रानामगर र निशा थोकरले एक एक गोल गरे । एपिएफकी अनिता केसी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

अब उपाधिका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल बैशाख १२ गते हुनेछ । मंगलबार भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।

एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । यसअघि एपिएफले इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले महिला लिगको उपाधि पनि जितेको थियो ।

२०८२ बैशाख १०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।