लुम्बिनी कप : नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

|

नेपालगन्ज । नेपालगन्जमा जारी लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको आजको खेलमा भारतको सिलगुरी एफसीविरुद्ध ४-० को सहज जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिसलाई जित दिलाउन निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले एक एक गोल गरे । खेलको ‘प्लेयर अफ द म्याच’ निर्मला घोषित भइन् ।
अब पुलिसले फाइनल प्रवेशको लागि वैशाख ९ गते अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले नै पराजित गरेको थियो ।
आइतबार घरेलु टोली बाँके ११ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

२०८२ बैशाख ६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।