
नेपालगन्ज । नेपालगन्ज रंगशालामा आजदेखि सुरु भएको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले हराएको हो ।
आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान एक गोल गरे । खेलको ‘प्लेयर अफ दि म्याच’ अनिता घोषित भइन् ।
जितपछि आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । अब, आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लब र भारतको सिलगुडी फुटबल संघको विजेतासँग बैशाख ९ गते खेल्नेछ । पुलिस र सिलगुडीबीच भोली शनिबार प्रतिस्पर्धा हुनेछ ।