
काठमाडौ । अस्ट्रेलियाको मेलबर्न सहरमा आयोजना भयको पाचौं ग्लोबल खुल्ला ताईक्वाण्डो प्रतियोगितामा ताईक्वाण्डो आईटीएफ नेपालका सस्मन बस्नेत र गयाजी खड़काले दुई रजत पदक जीतेका छन । सस्मन बस्नेतले थर्ड डिग्री बेक्तीगत प्याट्रनमा ऑस्ट्रेलियन खेलाड़ी क्रिस्टोफर स्ट्रीटलाई सेमीफाइनलमा पराजित गरी ऑस्ट्रेलियाकै खेलाडी जोन वुलर संग फाइनलमा पराजित भएका थीय भने बेक्तीगत स्पाइरिंग एडल्ट ७५ केजीमा ऑस्ट्रेलियाकै आर्चर वोलर संग पहिलो खेलमै पराजित भए । गायजी खड़काले बेक्तीगत स्पाइरिंग तर्फ एडल्ट ५५ केजीमा फाइनल खेलमा न्यूजील्यांडका रामीन तोभाकोलिब संग पराजित भई रजतमै चित्त बुझाउनु परेको थियो भने फोर्थ डिग्री बेक्तीगत प्याट्रनमा सिंगापुरका क्वि झाओ संग पहिलो खेलमैं पराजित भए पनी समग्रमा खेलाड़ीहरूले संतोष जनकनै प्रदर्शन गेरेको ताईक्वाण्डो आईटीएफ नेपालका सस्थापक अध्यक्ष तथा टीम कोच मास्टर लक्ष्मण बस्नेत बताऊछन ।
उक्त प्रतियोगीतामा टीम बेबस्थापकमा रोजन पण्डित र सस्मिनी बस्नेत पण्डितले अम्पायरको भूमिका निभायकी थीइन । उनले सन २०२३ मा नेदरलैण्डमा आयोजना भए बिश्व प्रतियोगिता तथा सन् २०२४ मा चिनमा आयोजना भएको एशियन खुल्ला ताईक्वाण्डो प्रतियोगिता लगायतका विभिन्न राष्ट्रीय तथा अंतर्राष्ट्रीय प्रतियोगितामा सफल अम्पायरको भूमिका निभाई सकेकी छन । सस्मन बस्नेतले सन २०१७ मा दक्षिण कोरियामा आयोजना भएको एशियन ताईक्वाण्डो प्रतियोगितामा स्वर्ण पदक जीतनुका साथै अन्य धेरै अंतर्राष्ट्रीय प्रतियोगितामा पदक जीतेका छन । गयाजी खड़काले पनि सन् २०२४ मा चिनमा आयोजना भएको एशियन ओपन अंतर्राष्ट्रीय ताईक्वाण्डो प्रतियोगितामा नेपालको लागी रजत पदक जितेका थिए भने सन् २०२३ मा ऑस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको तेश्रो ग्लोबल ओपन ताईक्वाण्डो प्रतियोगितामा समेत रजत पदक जीतेका थिये । सस्मन बस्नेत र सस्मिनी बस्नेत पण्डित मास्टर लक्ष्मण बस्नेतको छोरा र छोरी हून । संयोग नै होला बाबू टिम कोच, छोरी अम्पायर र छोरा खेलाड़ी भई अंतर्राष्ट्रीय एरिनामा सहभागी भई सफलता हासिल गरेको ।