काठमाडौं / युथ काउन्सिल इन एक्सन फर नेशन (युथ क्यान ) अन्तर्राष्ट्रिय प्रतिष्ठित अवार्ड“Starts of Covid – Global Humanitarian Award द्वारा सम्मानित भएको छ। उक्त अवार्ड युथ क्यानका संस्थापक अध्यक्ष रामु पाण्डेलाई World Humanitarian Drive अर्थात विश्व मानवीय सस्थाले “Excellence in Education and Research” विधामा प्रदान गरेको हो। उक्त अवार्ड सभामा प्रमुख अतिथिको रुपमा कोसोभाका राष्ट्रपति फट्मिर सेइडुउ, नेपालका पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल, स्पेनका राष्ट्रिय सभा अध्यक्ष पेडरो आइ अल्टामिरनो साथसाथै विश्व मानवीय सस्था WHD का संस्थापक अध्यक्ष डाक्टर अब्दुल बसित स्पेट उपस्थित हुनु भएको थियो। अवार्ड सभा Universal Peace Federation-UK का महासचिव रोविन मार्सले संचालक गर्नुभएको थियो।
अवार्डका लागि सात ओटै महादेशहरु बाट १६०० भन्दा बढि उम्मेदवारी दिइएको थियो । जसमध्ये ३६ वटा देशका १०० व्यक्ति ,संस्था र समुदायलाई अवार्ड प्रदान गरिएको थियो त्यस अवार्ड सभामा नै “Starts of Covid 100” साथै “Re-engineering Happiness” दुबै पुस्तक विमोचन गरिएको युथ क्यानका उपाध्यक्ष कुशल डुम्रेले जानकारी दिए ।