Inland Empire Nepalese welfare Society (IENWS) को नयां कार्यमिति चयन

|

क्यालिफोर्निया/ Inland Empire Nepalese welfare Society (IENWS) कोआज जनवरी ५,२०२५ को दिन अधिबेशन सम्पन्न भएको छ र  दुईबर्षे कार्यकालको निम्ति नयां कार्यसमिति चयन भएको छ ।

नेपाल सरकारका अवैतनिक महाबाणिज्यदूत श्री ऋषी ढकालज्युको प्रमूख आतिथ्यतामा सम्पन्न अधिवेसनबाट अध्यक्षमा दिप शंकर सुवेदी निर्विरोध निर्वाचित भएका छन्।
यस क्षेत्र आसपासमा नेपाली समुदायको उपस्थिती बाक्लिदै गएको परिप्रेक्षमा सुवेदी अघिल्लो कार्यकालमा उपाध्यक्षको प्रभावकारी भुमिकामा बसेर सहयोग, सहभागिता र समन्वय गर्दै समुदायलाई मजबुत बनाउन सक्रिय रुपमा लागिरहेको सुवेदी सर्वसहमति रुपमा अध्यक्ष निर्वाचित हुनु भएको छ ।

हाल नयां कार्यसमितिको उपाध्यक्ष पदमा गायत्री प्रसाद कट्टेल , महासचिवमा अच्युत चापागाई, कोषाघ्यक्ष पदमा ईन्द्र बुर्लाकोटी(मन्जु) सह कोषाध्यक्षमा नेत्र ढकाल र त्यसैगरी अन्य सदस्यहरुमा सुरेश खकुरेल, महेश्वर नेपाल, देविचरण घिमिरे , कोपीला मल्ल , भरत खड्का र केशव पौड्याल सहितका ११ सदस्यिय नयां कार्यसमितिले सपथ ग्रहण समेत लिएका छन्।

कार्यक्रममा मन्तव्य बक्ताहरु अवैतनिक महाबाणिज्यदूत श्री ऋषी ढकाल, मधेसी एसोशिएसन क्यालिफोर्नियीबाट दिनेश शाह, Beaumont/Banning Nepali community का तर्फबाट एकदेव शर्मा लगायतले गर्नुभएको थियो भने संस्थाको तर्फबाट संस्थागत रुपमा संस्थापक अध्यक्ष सुशिल चौगाई ले स्वागत मन्त्वय राख्नुभएको थियो।

उक्त अधिबेशनबाट संस्थाका बिधानमा पनि सर्वसहम्मत रुपमा केहि बुदाहरु परिवर्तन गरिएको छ जस्तै Inland Empire Nepalese welfare Society (IENWS) मा welfare शब्दलाई हटाउने र Empire Nepalese Society मात्र रहने निर्णय रहेको छ र उक्त कार्यक्रममा यस क्षेत्रका नेपाली सहभागीहरुको बाक्लो नै उपस्थिति रहेको थियो ।

२०८१ पुष २१, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।