अमेरिका/प्रवासी नेपाली मञ्च अमेरिकाको यहि जनवरी ४, २०२५ मा सम्पन्न तेइसौं बिस्तारित बैठकले सो निर्णय गरेको हो। मञ्चका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न सो बैठकका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा अमेरिका इन्चार्ज घनश्याम पाण्डे, बिशेष अथिति प्रबासी नेपाली मञ्च, अन्तराष्टि्य कमिटीका अध्यक्ष संजय थापा र अतिथिहरू भने अन्तराष्टि्य कमिटिका सचिवालय सदस्य तथा अमेरिका महादेश इन्चार्ज प्रभु थापा, सदस्य जानकी कार्की, अमेरिका महादेश कमिटीका संयोजक इश्वरी भट्ट, उप-संयोजक बुद्ध लामा, अन्तराष्टि्य कमिटी अन्तर्गत प्रचार विभागका सचिब कमल ओझा, मञ्चका अमेरिका सल्लाहकार संयोजक डा. रूद्र अर्याल, बुद्धिजीबी बिभाग संयोजक कुलमणि आचार्य हुनुहुन्थ्यो।प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिज्युले समसामयिक बिषयमा आ-आफ्नो धारणा राख्दै मञ्चले गर्नुपर्ने कार्यक्रमहरूको बारे सल्लाह र सुझाबहरु दिनु भएको थियो।
बैठकको सन्चालन सचिब छबि पाण्डेले गर्नु भएको थियो । बैठकले चौंथो अधिबेसनलाई भब्यतापुर्बक सफल पार्न मञ्चका उपाध्यक्ष गोकर्ण दाहालको संयोजकत्वम मूल ब्यबस्थापन कमिटी गठन गरेको छ । कमिटीको सचिवमा विजय भट्टराई र सदस्यहरुमा भुवन अधिकारी, मणि भण्डारी, संजय के सी, शंकर लुन्गेली, नेत्र पाण्डे, राजु नेपाल, मधुशुधन ज्ञवाली, लक्ष्मण थापा, मनिष थापा, डा. नवराज दाहाल र लक्ष्मण घिमिरे रहनु भएको छ ।
त्यसै गरि आर्थिक ब्यबस्थापन कमिटी अर्का उपाध्यक्ष गोपाल कंडेलको संयोजकत्वमा गठन गरिएको छ,सदस्यहरुमा गोबिन्द खनाल, विजय भट्टराई, डि बि राउत, कृष्ण आचार्य, केदार पहारी, मोहनी डुम्रे, अजय कुशवाह, प्रकाश बस्नेत, उपेन्द्र राउत, सुनिल ताम्राकार र नारायण ढुंगाना रहनु भएको छ । अथिति सत्कार कमिटी अर्का उपाध्यक्ष मैया ढुंगानाको संयोजकत्वमा गठन गरिएको छ। सदस्यहरु पुष्पा घिमिरे, मिना खतिवडा, दुर्गा आचार्य, बिष्णु न्यौपाने, तुलसी पौडेल र शब्दिता प्याकुरेल रहनु भएको छ । प्रचार प्रसार कमिटी अर्का उपाध्यक्ष भिम ओलीको संयोजकत्वमा गठन गरिएको छ। सदस्यहरु भुवन अधिकारी, विजय बगाले, शंकर लुन्गेली, घनश्याम खनाल, दिपक पाण्डे र राजु नेपाल रहनु भएको छ ।
प्रतिनिधि ब्यबस्थापन कमिटी मञ्चका सचिब छबि पाण्डेको संयोजकत्वमा गठन गरिएको छ । सदस्यहरु थोमस बास्तोला, गोबिन्द खनाल, कृष्ण आचार्य, डि बि राउत, भुवन अधिकारी, दुर्गा बि क, अच्युत सिग्देल, दिपक सापकोटा, संजय के सी, गणेश पौडेल र रेशम घर्ति रहनु भएको छ साथै अधिबेशनलाई मनोरन्जनात्मक बनाउनको लागि मञ्चका सांस्कृतिक बिभाग प्रमुख घनश्याम खनालको संयोजकत्व सांस्कृतिक कमिटि समेत गठन गरिएको छ,सदस्यहरु नेत्र पाण्डे, पुष्पा घिमिरे र प्रिया भण्डारी रहनुभएको छ।
बैठकले अधिबेशन गर्न बाँकी रहेका सम्पुर्ण राज्य कमिटीहरुको अधिबेशन यहि मार्च ३१, २०२५ भित्र अनिबार्य रूपमा सम्पन्न गरिसक्नु पर्ने र सम्पूर्ण राज्यकमिटीले अधिबेशन हुनुअघि नै प्रवासी नेपाली मंचको सदस्यता नबिकरण र नयाँ सदस्यहरु बनाउन लाग्ने निर्णय भएको छ । अधिबेशनमा आमन्त्रण गर्ने प्रमुख अथितिको लागि रास्ट्रिय कमिटीका अध्यक्षले आबस्यक सर-सल्लाह गर्ने र अर्को बैठकले टुंग्याउने निर्णय गरिएको जानकारी प्रचार कमिटीका संयोजक भीम ओलीले गराउनु भएको छ ।