भर्जिनिया रेस्टन शहरको एक घरको छिडीमा महिलाको हत्या

|
अमेरिकाको भर्जिनिया राज्यको चर्चित शहर रेस्टनको एक घरको बेसमेन्ट मा महिलाको हत्या भएको छ ।
त्यसै शिलशिलामा प्रहरीले हर्नडनका एक व्यक्तिलाई गिरफ्तार गरेको छ ।
गत हप्ता मात्र रेस्टनको छिडीमा बस्न सुरु गरेकी उक्त महिलालाई हत्या गरेको आरोपमा उक्त मानिसलाई पक्राउ गर्नुको साथै अभियोग लगाइएको छ ।
हर्नडनका २४ बर्षिय बल सलिम अहमद बललाई दोश्रो श्रेणीको हत्या गरेको आरोप लगाईएको छ ।
उनले मारयाम एल जबेरी नामक महिलाको हत्या गरेका थिए । प्रहरीका अनुसार उक्त महिलासंग यसै बर्षको सुरुवात देखि बलको प्रेम सम्बन्ध रहेको विश्वास गरेका छन् ।
दुई छोराकि आमा ग्रेट ओल सर्कल स्थित ११००० भवन समूह सहित आफ्नो घरमा बसोबास गर्थिन् ।
मृत महिलाको शरीरको माथिल्लो भागमा चोटपटक लागेको थियो भने घरधनीले प्रहरी संग सम्पर्क गरेको प्रहरीले जनाएका छन् । लन्चगुड क्यामपेन नामक समूहले मंगलबार बिहान सम्म ३५ हजार ४ सय ९० डलर संकलन गरि दिएको छ ।
श्रोत : https://www.restonnow.com 
थप सामाग्रीको लागि Theworldnepalnews मा क्लिक गर्न नबिर्सनुहोला!

२०७७ असार १७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।