चापागाईंको नेतृत्वमा एनआरएनए अमेरिकाको मिडिया पब्लिकेसन कमिटी चयन

|

अमेरिका/गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको मिडिया पब्लिकेशन कमिटीको नयाँ कार्यसमित चयन भएको छ । पत्रकार शतिश चापागाईंको नेतृत्वमा एनआरएनए अमेरिकाको २३ सदस्य सहितको मिडिया पब्लिकेसन कमिटी चयन भएको हो ।
चापागाईं नेतृत्वको मिडिया पब्लिकेसन कमिटी को-चियरमा बद्रि गौतम, गोपाल गर्तौला, कल्पना घिमिरे, किशन रेग्मी, लेखनाथ गौतम, शंकर थापा र सुपेन्द्र बस्नेत तथा सदस्यहरुमा सदस्य विष्णु शर्मा, डा. डोल्मा लामा, सविता विश्वकर्मा, सुनिता कोईराला, अमित अभ्य अधिकारी, विक्रम बरघरे, दिपेन्द्र खड्का, ईश्वरी न्यौपाने, माधव गुरुङ्, नारायण भण्डारी, पर्शुराम भण्डारी र सागर घिमिरे चयन भएका छन् ।

एनआरएनए एनसीसी अमेरिका र यहाँका नेपाली समुदायविच सेतुको भूमिकामा रहेर सुचना संप्रेषण संवद्ध जानकारी सहितका विभिन्न जिम्मेवारी प्रदानका गरिएको मिडिया पब्लिकेशन कमिटीले सोमबार परिचयात्मक कार्यक्रम समेत सम्पन्न गरेको छ । एनआरएनए अध्यक्ष अर्जुन वन्जाडेको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट सम्पन्न परिचय कार्यक्रमलाई भाषिक रुपमा अनौपचारितकता भित्रको औपचारिकता भनिएता पनि कार्यक्रममा अध्यक्ष बन्जाडे लगायत उपस्थित वक्ताहरुले प्रवासी नेपाली समुदायमा र मिडियाको आवश्यकता र महत्वमाथी महत्वपूर्ण धारणा सहित एनआरएनए अमेरिका र यहाँका नेपाली समुदायका गतिविधिमा मिडियाको भूमिका, सुचना संप्रेषणका सवालमा देखिएका कमजोरी र आवश्यक सुधार, अमेरिकाबाट संचालित नेपाली संचारगृह र क्रियाशिल संचारकर्मीका कठिनाई लगायतका अवस्थामाथी अन्तरक्रियात्मक शैलीमा प्रकाश पारेका थिए ।
मिडिया पब्लिकेसन कमिटी चियर पत्रकार चापागाईले संचालन गरेको कार्यक्रममा एनसीसी अमेरिका उपाध्यक्ष विकाश उप्रेती, सचिव रामहरी अधिकारी र कोषध्यक्ष सरोज सिग्देलको विषयगत धारणा सहितको संस्थागत सहभागिता थियो भने नव नियुक्त मिडिया कमिटीका पदाधिकारी, सदस्य तथा एनआरएनए गतिविधिका लामो समयदेखी कलम चलाउँदै आएका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
मिडिया संवद्ध विभिन्न विषयमाथी छलफल सहितको यस परिचयात्मक कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष बन्जाडे, उपाध्यक्ष उप्रेती, सचिव अधिकारी र कोषाध्यक्ष सिग्देलले परिचय सहित नव गठित कमिटीको आवश्यकता, महत्व र योजना बारे आ आफ्ना धारणा राखेका थिए भने मिडिया कमिटी अध्यक्ष चापागाई, उपाध्यक्ष, बस्नेत, गौतम, रेग्मी लगायतले अमेरिकामा नेपाली संचारकर्मका चुनौती, संचारकर्मीको अवस्था र संस्थागत जिम्मेवारीका सवालमा जिज्ञासा र सुझाव सहितको विचार व्यक्त गरेका थिए ।

२०८१ बैशाख १८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।