क्यालिफोर्नियाको वालमार्टमा गोलीबारी हुँदा बन्दुकधारीसहित २ को मृत्यु,४ घाइते

|

अमेरिकाको क्यालिफोर्नियाको रेड ब्लफ शहरको वालमार्टमा गोलीबारीमा बन्दुकधारी सहित २ को मृत्यु भएको प्रहरीले जनाएका छन् । र उक्त गोलीकाण्डमा ४ जना घाइते भएका छन् ।

रेड बल्फ़ शहर क्यालिफोर्नियाको साक्रामेन्टोको उत्तर स्थित करिव १३१ माइल्समा टाडा रहेको छ । गत घटना जुन २७ शनिबार भएको भएको हो ।

प्रहरीका अनुसार ३१ वर्षीय हमलाकर्ताको पनि हत्या गरेको जानकारी दिएका छन । अन्यलाई नजिकको अस्पतालमा लागिएको छ । बन्दुकधारीले वालमार्टका कर्मचारी ओरल्याण्ड निवासी मार्टिन हारो लोजानोलाई गोली हानि हत्या गरेको तेहामा काउन्टी शेरिफ(प्रहरी)कार्यालयले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार त्यहाँ ५०–६० पटक गोलीको आवाज सुनेको जानकारी दिए । घटना दिउँसो करिब ३:३० बजे भएको थियो भने प्रहरीलाई तुरुन्तै खबर गरिएको थियो । उक्त घटनाका बेला वालमार्टमा २ सय कर्मचारी थिए ।

प्रहरीका अनुसार ३१ बर्षिय उक्त संदिग्ध बन्दुकधारी उक्त केन्द्रमा १ बर्ष अगाडी काम गरेका थिए ।

प्रहरी र उक्त संदिग्ध व्यक्तिको सवारी साधन अडान क्षेत्रमा गोली हानहान भएको थियो भने उक्त व्यक्ति त्यही मारिएका थिए । हमलाबाट आफूलाई सुरक्षित गर्न कोठाहरु बन्द गरेका थिए ।

श्रोत :न्यूयोर्क टाइम्स/सिएनएन

२०७७ असार १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।