बढैयाताल(बर्दिया) / दोस्रो मैना बहुरिया कप बढैयाताल वडा स्तरीय फुटबल प्रतियोगिता–२०८० को उपाधि वडा न.१ ले हात पार्न सफल भएको छ । सो फुटवल प्रतियोगितामा वडा न.१ ले वडा न.६ लाई पराजित गर्दै जित हासिल गरेको हो । चैत्र ९ गतेबाट शुरु भएको खेल फाइनल खेल भने बुधबार सम्पन्न भएको थियो ।
सो फाइनल खेलमा निर्धारित समय अवधिमा १–१ गोलको बराबरी भए पश्चात त्यसपछिको पेनाल्टी शुटआउटमा पनि दुबै टिमले ४–४ को गोल गरेपछि खेल “ सडन डेथ“ मा पुगेको थियो । अन्तिममा वडा न.१ (५–४) गोलअन्तरले बिजयी भएको थियो । उक्त समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय भुवनेश्¥र चौधरीले पुरुस्कार वितरण गर्नु भएको थियो । साथै युवाहरुको लागि खेलकुदले अनुशासन कायम गर्नुका साथै स्वास्थ्यमा राम्रो हुने बताउनुभयो ।
त्यसै गरि सो समापन समारोहमा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी,उपाध्यक्ष लक्ष्मी अधिकारी, वडा न.६ का वडा अध्यक्ष शुक्रराज सापकोटा, वडा न.१ का वडा–अध्यक्ष प्रेम बहादुर थापा बर्दिया लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष अजित राजभण्डारी, शारदा माविका अध्यक्ष गोविन्द प्रसाद त्रिपाठी, सिटिजन्स बैंक लिमिटेड मैनापोखरका शाखा प्रबन्धक बिनोद कुवँर, बर्दिया एकेडेमीका प्रअ भोजराज बराल, ईलाका प्रहरी कार्यालय मैनापोखरका इन्चार्ज लोकेन्द्र बहादुर ठगुन्ना ,बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लमिछाने, साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष विष्णु लम्साल, वडा सदस्य गोविन्द राम थारु, समाजसेवी शिव प्रसाद सुवेदी, गाउँ बडघर भँगि राम थारु, बर्दिया जिल्ला फुटबल संघका कोषाध्यक्ष शम्सेर मल्ल, न्यु लाली गुराँस युवा क्लबका अध्यक्ष सौगात बगाँले, समाजसेवी शिवहरि पौडेल, समाजसेवी अम्बर बि.क., युवा नेता तथा खेल प्रेमी लगायत उपस्थित सम्पुर्ण बुद्धिजीवी तथा समाजसेवी ज्युहरुको आतिथ्यतामा समापन भएको हिकमत सुनारले बताए । मैनाबहुरिया युवा क्लब बढैयाताल गाउँपालिका वडा न.६ मैनापोखरको आयोजनामा सो खेल सम्पन्न भएको थियो ।