इन्प्रोकद्वारा युवालाई खेलकुदका लागि जर्सी र बल प्रदान

|

कुलतबाट जोगाउँदै युवाहरुलाई खेलकुदमा सक्रिय बनाउनका लागि वातावरण तथा बालअधिकार संरक्षण केन्द्र(इन्प्रोक) ले फुटबल सामाग्री दिने अभियानको सुरुआत गरेको छ ।

पछिल्लो समय इन्प्रोकले खेलकुदको माध्यमबाट युवा र बालबालिकाको विकासका लागि काम गर्दै आएको छ ।

खजुरा गाउँपालिकाको सहयोगमा इन्प्रोकले खजुरा गाउँपालिकामा सक्रिय फुटबलका खेलाडीलाई बल र जर्सी प्रदान गरेको हो । खजुराका ८ क्लबलाई फुटबल सामाग्री दिने कार्यक्रम रहेको इन्प्रोकका अध्यक्ष एवम एनजिओ फेडरेशसनका पुर्व अध्यक्ष तेजबिक्रम शाहले बताउनु भयो । उक्त गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष एवम खजुरा गाउँपालिका वडा नम्बर ४ अध्यक्ष तिलकवीर सुनारलाई हस्तान्त्रण गर्दै अभियानको सुरुआत गर्नु भएको थियो ।

प्रत्येक क्लबका खेलाडीलाई १ सेट जर्सी र २ वटा केलमिको बल प्रदान गर्ने इन्प्रोकले बताएको छ । यसैगरी शनिबारै खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित बागमती स्पोर्टस क्लब र सी गाउँ नयाँ वस्तीको मोडेल टीमलाई फुटबल जर्सी र बल प्रदान गरिएको छ । आगामी साता योगिनी युथ क्लब गौघाट लगायतका ५ क्लबलाई सहयोग सामाग्री प्रदान गर्ने तयारी भैरहेको अध्यक्ष शाहले बताउनु भयो ।

युवाहरुलाई फुटबल सामाग्री प्रदान गर्न पाउँदा आफुलाई खुसी लागेको अध्यक्ष किस्मत कुमार कक्षपति बताउछन् । बाँके जिल्ला खेलकुदमा खजुरा अगाडी छ । हामीले आठौ राष्टिय खेलकुदका केहि खेल गरेको थियौं । महिला फुटबल गरेको थियौं । सातै वटा प्रदेशका खेलाडीले खजुराको मैदानलाई चिनेर गएका छन् ।

उहाँ भन्नुहुन्छ,खजुराले थुपै खेलाडी जन्माएको छ । यहाँ खेलकुदका पुर्वाधार पनि बढदै गएका छन् । खजुरामा खेलकुद ग्राम निर्माणको सुरुआत भैसकेको छ । यसले थप उत्साह थपेको छ खेलक्षेत्रमा ।

वडा नम्बर ४ का अध्यक्ष सुनारले स्थानीय क्ल्बलाई खेल सामाग्री प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिनु भयो । डी गाउँस्थित न्यु डाँफे स्पोर्टस क्ल्बले खेल्ने गरेको मैदानलाई आधुनिक बनाउन आफु लागिपरेको सुनारले बताउनु भयो ।

२०७७ असार १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।